Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित गर्न कोरियाली संसद असफल


काठमाडौँ । दक्षिण  कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको महाभियोग प्रश्ताव पारित गर्न असफल भएको छ । सत्तारूढ पीपुल पावर पार्टीका अधिकांश सांसदहरूले मतदान गर्न अस्वीकार गरेका हुन् ।

युनकी श्रीमतीको घोटालाको छानबिन गर्ने विधेयकको विपक्षमा मतदान गरेपछि सत्तारुढ दलका १०८ सांसदहरूमध्ये धेरैजसो संसद भवनबाट बाहिरिएका थिए । सत्तारुढ दलका एकजना सांसद हलमै बसे र दुईजना बाहिरिएर फर्किएका थिए । राष्ट्रिय सभाका ३०० सांसदमध्ये १९८ ले पहिलो महिलाको विशेष अभियोजन अनुसन्धानसम्बन्धी विधेयकको पक्षमा मतदान गरे । विपक्षमा १०२ जनाले मत दिएका थिए ।

विधेयक पारित गर्न कम्तिमा दुई तिहाई सांसदले मतदान गर्नुपर्ने हुन्छ । प्रमुख उदारवादी लोकतान्त्रिक पार्टीलगायत विपक्षी दलका सांसदहरूले सत्तारुढ दलका सांसदहरूलाई एक एक गरी नाम दिएर फर्केर मतदान गर्न आह्वान गरे । महाभियोग प्रश्ताव पारित गर्न दुई सयभन्दा बढी सांसदले हो मतदान गर्नुपर्छ । राष्ट्रिय सभाका सभामुख वू वोन–सिकले सत्तारुढ दलका सांसदलाई करिव तीन घण्टाको पर्खाइपछि गणपूरक संख्या नपुगेको भन्दै महाभियोग प्रश्ताव खारेज भएको घोषणा गर्दै मतदान प्रक्रिया टुङ्ग्याएका थिए ।

संसद भवनबाहिर लाखौं नागरिकले युनको महाभियोगको पक्षमा मतदानको माग गर्न मैनबत्ती जुलुस निकालेका थिए ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?