Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित गर्न कोरियाली संसद असफल


काठमाडौँ । दक्षिण  कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको महाभियोग प्रश्ताव पारित गर्न असफल भएको छ । सत्तारूढ पीपुल पावर पार्टीका अधिकांश सांसदहरूले मतदान गर्न अस्वीकार गरेका हुन् ।

युनकी श्रीमतीको घोटालाको छानबिन गर्ने विधेयकको विपक्षमा मतदान गरेपछि सत्तारुढ दलका १०८ सांसदहरूमध्ये धेरैजसो संसद भवनबाट बाहिरिएका थिए । सत्तारुढ दलका एकजना सांसद हलमै बसे र दुईजना बाहिरिएर फर्किएका थिए । राष्ट्रिय सभाका ३०० सांसदमध्ये १९८ ले पहिलो महिलाको विशेष अभियोजन अनुसन्धानसम्बन्धी विधेयकको पक्षमा मतदान गरे । विपक्षमा १०२ जनाले मत दिएका थिए ।

विधेयक पारित गर्न कम्तिमा दुई तिहाई सांसदले मतदान गर्नुपर्ने हुन्छ । प्रमुख उदारवादी लोकतान्त्रिक पार्टीलगायत विपक्षी दलका सांसदहरूले सत्तारुढ दलका सांसदहरूलाई एक एक गरी नाम दिएर फर्केर मतदान गर्न आह्वान गरे । महाभियोग प्रश्ताव पारित गर्न दुई सयभन्दा बढी सांसदले हो मतदान गर्नुपर्छ । राष्ट्रिय सभाका सभामुख वू वोन–सिकले सत्तारुढ दलका सांसदलाई करिव तीन घण्टाको पर्खाइपछि गणपूरक संख्या नपुगेको भन्दै महाभियोग प्रश्ताव खारेज भएको घोषणा गर्दै मतदान प्रक्रिया टुङ्ग्याएका थिए ।

संसद भवनबाहिर लाखौं नागरिकले युनको महाभियोगको पक्षमा मतदानको माग गर्न मैनबत्ती जुलुस निकालेका थिए ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?