Trending
>>   भारतसँग भयो उर्जा विकासका सम्झौता >>   प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव गौतम >>   ११ गते देखि हुने कक्षा १२ को परीक्षा सर्यो ,२१ गते देखि हुने >>   सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल >>   कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, आवश्यक तयारी गर्न निर्देशन >>   छिचमिराहरुको जमाना आउँछ की भन्ने नसोचे हुन्छः प्रधानमन्त्री >>   नेकपा महासचिव चन्दको गुनासोः प्रचण्ड र बाबुरामलाई जिन्दगी नै दियौं, एकचोटी हेरेनन् >>   एफएनसिसिआईद्वारा उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद >>   ‘चारतिर’ फर्किएका नेपालका कम्युनिस्ट दलः एक–अर्कामाथि आलोचना, एकताको विषय चर्चामा सिमित >>   निजामति विधेयकबारे कर्मचारी नेताः सरकारले गोरुलाई भोकै खेतमा लग्यो भने के हुन्छ भन्ने कुराको हेक्का…
Logo
९ बैशाख २०८२, मंगलवार
९ बैशाख २०८२, मंगलवार

प्रिय ओलीजी, याे के भईरहेछ तपाईकाे शासनमा?


सम्माननीय प्रधानमंत्री ओलीजी ,
तपाई मित्रराष्ट्र चिनको भ्रमणमा रहनु भएकोबेला , नेपालमा भएका दुइ चित्त नबुझेका घटनाप्रति ध्यान आकर्षण गराउन चाहन्छु ।
१. हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले जबजस्ती उठाई रातारात पोखरा अड्डासार गरिएको समाचारआएको छ ।
आजको दिनमा पनि , नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन। कानुनी प्रकृया जारी छ । नेपालको संविधानले , अदालतले दोषी घोषणा गरेकाहरुको वा जेल चलान भैसकेकाहरुको पनि मानव अधिकार सुरक्षित राखेको छ ।

कानुन पढेका हाल कायम गृहमंत्री रमेश लेखक र लामिछाने गृहमंत्री छदा पनि आईजिपी पदमा नै रहेकाअधिकृतलाई – यो प्रावधान थाहा नहुने कल्पना गर्न सकिन्न ।
मलाई लाग्छ- सबैभन्दा पहिला हामी सबै मान्छे हौ । त्यसपछी मात्र पक्ष-बिपक्ष , दोषी -निर्दोष हौ ।
कोही दोषी नै हो भने पनि, के कति मात्राको दोषभागी हो ? यो सब परिवेशको अन्तिम व्याख्याताका रुपमा अदालतहरुको संवैधानिक व्यवस्था छदैछ ।
त्यतिमात्र होइन , बेलाबखतमा , कानुन (law) र न्याय (justice) एकै कुरा नहुन पनि सक्छन । त्यसैले त आमजनताले दुनियाले कानुनमात्र हेर्दैन, न्याय पनि हेर्छ । त्यसैले विश्वका अदालतहरुमा सर्वकालिक महान , औसत र घटिया ; तिनै थरि मान्छेहरु न्यायमुर्तीको आसनमा बस्छन ।
रुसी साहित्यकार दोस्तोवस्कीको कालजयी कृति छ – Crime and Punishment ।
साहित्यमा ओलीजीको थोरबहुत रुचिसंग म वाकिफ छु । कुनैदिन मौका मिले त्यसैमा केन्द्रित बात मारौला पनि ।
प्रिय ओलीजी,तपाईले कुनै रात सुनाउनु भएको हरिभक्त कटुवालको कविता भुलेको छुइन मैले – जूनलाई धेरै नजिकबाट नहेर .. दाग देखिन सक्छ त्यसमा ..

२. मेरो नजरमा, दोस्रो चित्त नबुझ्दो घटना नेपाल बिधुत प्राधिकरणको कार्यालयमा दिपक खडका मंत्रीजीले रातोरात आफ्नो कार्यालय स्थापना गर्नु हो । सबै मंत्रीले , आफु मातहतका संस्थाहरु / कार्यालयहरुमा , यसरी नै कार्यालयहरु स्थापना गर्दै जाने काम एसियाको दोस्रो गरिब देशमा न्यायिक हो ? कानुनी त होला पनि भनेर तर्क गर्न सकिन्छ । तर के न्यायिक हो ?

कुलमान घिसिङ यदि सरकारलाई खपि नसक्नु भएका छन भने , उनलाई तत्काल बरखास्त गरौ । होइन भने उनी माथी सस्तो राजनिति बन्द गरौ । नेताले कर्मचारीसंग राजनिति गर्नु हुदैन । जरुरी भए , उस्लाई पुरस्कृत वा दण्डित गर्नु पर्छ । ठूलो नेतालाई , सानो मन शोभा दिदैन। आज हेडलाईन लेख्ने हात त भाडामा पनि किन्न सकिन्छन । तर ती हातले इतिहास लेख्ने औकात राख्दैनन ।

प्रिय केपी ओलीजी – आज तपाई प्रधानमंत्री पदमा हुनुहुन्छ । भोली हुनु हुने छैन । यो सत्यले न तपाईलाई फरक पार्छ , न मलाई । किनभने हिजोपनि त तपाई पदमा हुनुहुन्नथ्यो नि ।
तपाईसंग पहिलो परिचय हुदा , म लक्का जवान थिए , प्रधानमंत्री पदबाट तपाई कोशौ टाढा हुनुहुन्थ्यो ।पछी प्रधानमंत्रीपदमा हुदा, नहुदा र फेरी हुदा – तपाईका केही ससानाकुराहरुले , देखाएको स्नेहका ती क्षणले भनौ ; मेरो मन कहिलेकाही छोएको पनि छ । र कहिलेकाही चित्त बुझ्दैनपनि ।

आज एकमन त लागेको थियो , समय मागेर , मौकामिले , भेटेरै विविध बिषयमा कुरा राखौ । फेरी अल्छी लाग्यो । हुन त आलस्य मेरो जीवनको अविभाज्य अंग हो तर पनि हिजोआज अलि बढी नै अल्छी र निस्सार लाग्छ । बढदो उमेरका कारण हो कि , चिसोले हो भन्न सकिन्न । चिसोका दिनहरुमा म सिरक ओडेर साहित्य पढन रुचाउछु । आजै भोर बिहानीमा फेरी पढे यी कहिल्यै पुराना नहुने वाक्यहरु , जो हामी सबै गए पछी पनि जिवित नै रहने छन :

‘ जब महत्वाकांक्षा र जवानीको भेल बगी सक्छ , जब मान्छे केही पाउने लोभ वा गुमाउने भयबाट अलिकति भए पनि टाढा बस्ने अवस्थामा पुग्छ , जीवनको गज्जब बेला हो त्यो । एक हिसाबले भन्ने हो भने , काल पर्खने समय हो यो । अर्को हिसाबले भन्ने हो भने – जीवनको सबैभन्दा उदार र सृजनात्मक समय साबित हुनसक्छ , जीवन गोधुलीको यो बेला ! जीवनको यही सांझबारे अल्बर्ट आइन्सटाइनले बेल्जियमकी महरानीलाई लेखे .. ‘


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?