Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, आवश्यक तयारी गर्न निर्देशन


काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ ।

मंगलवार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भएको थियो । तर बोर्डले भने तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले परीक्षा केन्द्र तोकि सकिएका विद्यालयलाई समयमै परीक्षा गर्न अनुराधे गर्ने निर्णय भएको बताएका छन् । साढे ५ लाख विद्यार्थीको परीक्षा रहेकाले सबै गम्भीर बन्न र समयमै परीक्षा गर्न अनुरोध गरिएको बताए ।

उनले भने, ‘१२ को परीक्षालाई हामीले जहाँ जहाँ परीक्षा केन्द्र अलरेडी केन्द्र तेकिएको छ । त्यहाँनेर हरेक विद्यालय र विद्यार्थीको अनुरोध आएको छ की समयमै परीक्षा होस् । हामीले आज पनि हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई विद्यालयहरुमा जहाँ जहाँ केन्द्र तोकिएको छ, केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्ने सन्दर्भमा उहाँहरुलाई आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न सबैसँग पुनः अनुरोध गर्ने र विद्यार्थीको परीक्षा गम्भीर विषय हो । त्यसैले परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यो परिस्थिति सबै हिसावबाट सबैलाई साढे ५ लाख विद्यार्थीको परीक्षा भएकाले यो परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्डबाट निर्णय भएको छ ।’

अध्यक्ष शर्माले हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई केन्द्र तोकिसकेका विद्यालयहरुमा आवश्यक तयारी गर्न आग्रह गरिएको बताए । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?