Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, आवश्यक तयारी गर्न निर्देशन


काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने भएको छ ।

मंगलवार बसेको बोर्डको बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भएको थियो । तर बोर्डले भने तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले परीक्षा केन्द्र तोकि सकिएका विद्यालयलाई समयमै परीक्षा गर्न अनुराधे गर्ने निर्णय भएको बताएका छन् । साढे ५ लाख विद्यार्थीको परीक्षा रहेकाले सबै गम्भीर बन्न र समयमै परीक्षा गर्न अनुरोध गरिएको बताए ।

उनले भने, ‘१२ को परीक्षालाई हामीले जहाँ जहाँ परीक्षा केन्द्र अलरेडी केन्द्र तेकिएको छ । त्यहाँनेर हरेक विद्यालय र विद्यार्थीको अनुरोध आएको छ की समयमै परीक्षा होस् । हामीले आज पनि हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई विद्यालयहरुमा जहाँ जहाँ केन्द्र तोकिएको छ, केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्ने सन्दर्भमा उहाँहरुलाई आवश्यक तयारी गर्न र परीक्षा सञ्चालन गर्न सबैसँग पुनः अनुरोध गर्ने र विद्यार्थीको परीक्षा गम्भीर विषय हो । त्यसैले परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ । यो परिस्थिति सबै हिसावबाट सबैलाई साढे ५ लाख विद्यार्थीको परीक्षा भएकाले यो परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने बोर्डबाट निर्णय भएको छ ।’

अध्यक्ष शर्माले हरेक जिल्लाहरुको परीक्षा समन्वय समितिलाई केन्द्र तोकिसकेका विद्यालयहरुमा आवश्यक तयारी गर्न आग्रह गरिएको बताए । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?