Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एफएनसिसिआईद्वारा उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको छ ।

महासंघले मंगलवार काठमाडौंमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला तयारीबारे पत्रकार सम्मेलन गर्दै उच्चस्तरिय सुशासन आयोग गठन गरेकोमा सरकारलाई धन्यवाद दिएको हो । महासंघका उपाध्यक्ष हेमराज ढकालले उच्चस्तरिय सुशासन आयोग गठन हुनु खुशीको कुरा भएको बताउँदै महासंघले लामो समयदेखि उच्चस्तरिय सुशासन आयोग गठनको माग गरेको बताएका छन् । सरकारले व्यवसायीको मागलाई ध्यानमा राख्दै आयोग गठन हुनु र निजी क्षेत्रको प्रतिनिधि पनि आयोगमा रहने व्यवस्थाले सकारात्मक सन्देश प्रवाह गरेको बताए । सरकारले पछिल्लो समय निजी क्षेत्रको मनोबल उकास्न हदैसम्म काम गरेको पनि बताए । निजी क्षेत्रले माग गर्दै आएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेर वातावरण बनाएको बताउंदै उनले आयोगले दिएको सुझाव कार्यान्वयनमा सरकारले छिटोछिटो काम गर्नुपर्ने बताए। पछिल्लो समय विकसित भएको राजनैतिक घटनाक्रमले निजी क्षेत्रलाई चिन्तामा परेको र स्थिर सरकार र सकारात्मक राजनैतिक वातावरणको लागि सबै क्षेत्रबाट पहल हुन आवश्यक रहेको बताउंदै केही दिन यताको सडक आन्दोलनले सुधार हुँदै गएको वातावरण बिग्रनसक्ने बताउँदै वातावरण बिग्रिन नदिन सबैले पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा २५० भन्दा बढी स्टल रहने र मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने बाइएको छ । मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ । वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेश र थाइल्याण्डका स्टलहरुको सहभागिता रहने आयोजकले बताएको छ । मेलामा स्वदेशी र विदेशी गरी करिव २० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा राखिएको बताइएको छ ।


प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?