Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपाली चलचित्र क्षेत्र धेरै कमजोर छः सञ्चारमन्त्री गुरुङ


 काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर रहेको बतायेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका छन् ।  उनले चलचित्र क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आफूहरु लागिपरेको बताए  । चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भएपनि अझै कमजोर नै रहेको उल्लेख गरे । उनले  बलिउडको छायाँ परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि बताए  । भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एशियाका अन्य देशहरुमा उत्कृष्ट बन्न सकिने बताए । चलचत्रि क्षेत्रको विकासका लागि आवश्यक कानूनहरु सरकारले बनाइरहेको र बाधाका पहाड तोडेर अघि बढ्ने प्रतिवद्धता जनाए  ।

उनले भने , ‘चलचित्र क्षेत्र शुरुमा भन्दा त धेरै विकास भएको छ । तर अहिले पनि कमजोर नै छ । बलिउडको छायाँ यहाँ परेर हो की ? चिनियाँ फिल्म इण्डस्ट्रिको त हामीलाई धेरै प्रभाव परेको छैन । सार्कमा इण्डियालाई जित्न नसके पनि अरुलाई त जित्नसक्छौँ । त्यो हैसियत हुनुपर्छ । त्यसका लागि नीति, कानूनमा कहाँ कहाँ बाधा छ, त्यो बाधाका पहाडहरु यो वर्ष हामी तोड्छौँ । फिल्म इण्डस्ट्रिको डेभलपमेण्टका लागि के गर्नसक्छौँ त्यो हामी गर्नेछौँ । यति धेरै सुन्दर देश बिरलै पाइन्छ ।’ 

मन्त्री गुरुङले सरकारले सर्प हिँडाइ नभइ भ्यागुतो उफ्राइका रुपमा विकास निर्माणमा काम गरिरहेको उल्लेख गरे  ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?