Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

न्यायालय लयमा फर्कियो, अब गरिमामय बनाउनु पर्छः प्रधानन्यायाधीश राउत


काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालय लयमा फर्किएको बताएका छन्  ।

शनिवार जरिष्ठ अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लयमा फर्किएको न्यायालय मात्रै आफूहरुले नचाहेको भन्दै न्यायालयलाई गरिमामय बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।  उनले  न्यायालय आफैँ गरिमामय नबन्ने भन्दै न्यायालयलाई गरिमामय बनाउने काम सबै कानून व्यवसायीहरुको भएको बताए  । गरिमामय न्यायालय, स्वच्छ न्यायालउको न्यायमूर्ति हुने हो भने त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकता आवश्यक रहेको बताए  ।

उनले भने , ‘तपाईं हाम्रा अथक प्रयासबाट न्यायालय लयमा फर्किएको छ । लयमा फर्किएकोमा मात्रै चित्त बुझाउने हो की ? न्यायालयलाई गरिमामय पनि बनाउने हो ? यो आफैँ गरिमामय त बन्दैन है । न्यायालयलाई गरिमामय बनाउने जिम्मेवारी वर्तमान परिवेशले हामीलाई सुम्पिएको छ । अब यहीँनेर हामीले आफूलाई निर्मम तवरले समीक्षा गर्नुपर्ने देखिन्छ । हामी हाम्रो न्यायालयलाई गरिमामय बनाउन गइरहेका छौँ की छैनौँ, हाम्रा गतिविधि र भुमिकाहरु त्यसतर्फ उन्मुख छन् की छैनन् ? प्रवुद्ध वर्गले यो विचार गर्नुपर्ने भएको छ । गरिमामय न्यायालयको वा स्वच्छ न्यायालयको वा पवित्र न्यायालयको न्यायमूर्ति हुने चाहना राख्ने हो भने हामीसँग त्यसले त्याग, समर्पण, गहिरो अध्ययन, पवित्रता र सार्थकताको डिमाण्ड गर्दछ । त्यसका लागि हामी तयार छौँ ? म तयार छु । साथ सहयोग पाए र तपाईंहरुसँग सहकार्य गर्नसके न्यायालय गरिमामय नहुने कुरै छैन । एक पटक प्रयास त गरौँ ।’

प्रधानन्यायाधीश राउतले वरिष्ठ अधिवक्ताहरुले नैतिकताको लक्ष्मण रेखाभित्र आफूलाई राख्न सक्नुपर्ने बताए ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?