Trending
>>   पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम गरियोः गृहमन्त्री लेखक >>   प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएका सूचना >>   भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैनः गृहमन्त्री लेखक >>   जनताको समस्या समाधानका लागि सहमति गरयौंः प्रमुख सचेतक पाण्डे >>   भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको छः सांसद झा >>   लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन >>   भिजिट भिसा प्रकरणः माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै >>   कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित काम भइरहेको छः कृषिमन्त्री अधिकारी >>   घुस खाएको प्रमाणित गरेर देखाउन अध्यक्ष नेपालको चुनौति >>   टेक एण्ड पे प्रावधान सच्याइनेछः मन्त्री खड्का
Logo
३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

तीन राजनीतिक दलका नेतासँगको एकता वार्ता सकारात्मक छः अध्यक्ष दाहाल


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा वामपन्थी राजनीतिक दलका नेताहरुसँग राजनीतिक ध्रुविकरणका लागि वार्ता गरेको बताएका छन्  ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले तीन वामपन्थी दलका नेताहरुसँग आज बिहानमात्रै संवाद भएको र संवाद सकारात्मक रहेको उल्लेख गरे ।  उनले  वामपन्थी नेताहरु केही माओवादी आन्दोलनसँग पनि केन्द्रित रहेको र केही त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित रहेको उल्लेख गरे  । यद्यपि नेताहरुको नाम भने खुलाउन चाहेन्  । वामपन्थी नेताहरुले सबै एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको कुरा गरेको उल्लेख गरे । उनले  संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्न सबै वामपन्थी एकतावद्ध हुनुपर्ने बताए  । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा शिक्षकहरुको भुमिका महत्वपूर्ण भएको बताए  ।

उनले भने , ‘आज बिहान मात्रै एकताको सन्दर्भमा, राजनीतिक ध्रुविकरणकै सन्दर्भमा तीन वटा वामपन्थी पार्टीका नेताहरुसँग मेरो संवाद भएको थियो । बढो सकारात्मक संवाद भएको छ । ति हिजोको माओवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो । त्यो भन्दा बाहिरका वामपन्थी समाजवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो । उहाँहरु सबैको एउटै कुरा थियो, अब एकतावद्ध भएर अघि बढ्नुको विकल्प नेपालको अगाडि, नेपालको वामपन्थी आन्दोलनको अगाडि, नेपालको लोकतान्त्रिक आन्दोलनको आवश्यकताको अगाडि वा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई ठिक ढंगले कार्यान्वयन गर्ने, त्यसलाई परिमार्जन गर्नको निम्ति पनि एकताको विकल्प छैन भन्नेकुरामा हाम्रो सैद्धान्तिक सहमति भएको थियो । बिहानमात्रै तीन वटा राजनीतिक दलसँग एकताको कुरा हुनु सकारात्मक र अहिले दुई शिक्षक संगठन एकतावद्ध हुने घोषणा गर्नु यो संयोग मात्रै मलाई लाग्दैन । यो अहिले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो । यो संविधानलाई टिक ढंगले कार्यान्वयन गर्ने आवश्यकताको पनि अभिव्यक्ति हो । त्यसकारण नेपालको राजनीतिक आन्दोलनको इतिहासमा शिक्षकहरुले नै देशभर शहर, गाउँ, टोल जताततै राजनीतिक जागरण पैदा गर्नुपर्छ ।’

अध्यक्ष दाहालले आगामी हिउँदे अधिवेशनमा शिक्षा विधेयक आवश्यक संशोधन र परिमार्जनसहित पारित हुने प्रतिवद्धता जनाए ।  उनले  शिक्षकहरुको माग पूरा गरेर मात्रै विधेयक पारित गर्ने बताए  । शान्ति प्रक्रियाका बाँकी कामहरु अन्तिम चरणमा पुगेको बताए  ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?