Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

जलवायु परिवर्तनले पारेको असरबारे हेगमा प्रभावकारी ढंगले कुरा उठाउछु : परराष्ट्रमन्त्री राणा


काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेदरल्याण्ड प्रस्थान गरेकी छिन् ।

शनिवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै परराष्ट्रमन्त्री राणा नेदरल्याण्डको हेग प्रस्थान गरेकी हुन् । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहमभागिता जनाउने छिन्  । नेदरल्याण्डको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायालयमा गत सोमवार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ । जलवायु परिवर्तनमा राज्यको भुमिका के हुने भन्ने विषयमा विश्वका सय देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले सुनुवाइमा भाग लिँदैछन् । परराष्ट्रमन्त्री देउवाले डिसेम्बर ९ अर्थात सोमवार दिनको साढे ३ देखि ४ बजे (हेगको समय) सम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्‍ने छिन् । हेग प्रस्थान गर्नुपूर्व न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोगिरहेको समस्याका बारेमा आवाज उठाउने बताईन्  । उनले जलवायु परिवर्तनका कारण नेपाल लगायतका देशलाई परेको समस्याहरुमा पीडित देशहरुले हालेको मुद्दामा सुनुवाई भइरहेको बताईन्  । सुनुवाइमा नेपालको हिमाल पग्लिरहेको विषय विशेष रुपमा उठाउने बताईन्  ।

उनले  भनिन् , ‘वल्र्डको हिस्ट्रिमै सबभन्दा धेरै जनाले विटनेस दिने, आफ्नो मुद्दा राख्ने, यो एउटा परिस्थिति निर्माण भएको छ । समल आइल्याण्ड नेशन्सहरुले यो क्लाइमेट चेन्ज यस्तै हुँदै गयो र यसमा कुनैपनि किसिमको मिटिगेशन भएन, कुनैपनि किसिमको रोक्ने वातावरण र ग्लोवल वार्मिङ र क्लाइमेट चेन्जले गर्दा जोजो देशलाई नकारात्मक असर परेको छ, त्यसलाई स्टप गर्ने दायित्व कसले हो त ? जसले गराइरहेको छ, त्यसको दायित्व के हो ? यसमा दायित्वबोध गराउनु प¥यो । सय वटा नेसन्सले यहाँ प्रश्तुती गर्दैछ । हामीले पनि खास गर्छौं । हाम्रो हिउँ पग्लिने मात्रै होइन, हिमतालहरु फुट्ने, एक दुई सय वर्ष लगाएर पग्लिेन हिउँ अहिले तत्काल तत्काल भइरहेको छ । सुनकोसीमा ठूलो बाढी आयो । हालसालै पनि बढी वर्षा भयो । हाम्रो जस्तो मुलुकले व्यहोरिरहेको क्षतिको पूर्ति कसले गर्ने । लस अफ ह्युमन लाइफहरु छ ।’

जलवायु परिवर्तनका लागि जिम्मेवार विकसित राष्ट्रले जलवायु संकट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिनुपर्ने, जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्ने र जलवायु परिवर्तनबाट प्रभावितहरूप्रति राज्यको दायित्व हुनुपर्नेमा जोड दिने नेपालको तयारी छ । परराष्ट्रमन्त्री देउवाको नेतृत्वमा हेग पाँच सदस्य हुनुहुन्छ । जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न राज्यको दायित्व के हुने, जलवायु परिवर्तन न्यायिक तथा मानवअधिकारको विषय हुने÷नहुने भनेर गत वर्षको अप्रिलमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८ औं महासभाले उक्त न्यायालयको परामर्श लिने निर्णय गरेका थिए  । सोही निर्णयअनुसार न्यायालयले महासभालाई अर्काे वर्ष आफ्नो राय दिनुअघि यो सुनुवाइ गर्न लागेका हुन्  ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?