Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

एनपिएलः लुम्बिनीको तेस्रो हार, सुदूरपश्चिमको तेस्रो जित


काठमाडौँ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेका छन् । लुम्बिनी भने लगातार तेस्रो खेलमा पराजित भए  ।

जितको लागि १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटियो । लुम्बिनीले निराशाजनक शुरूवात गरे  । मात्र १९ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेका थिए । ओपनर अर्जुन साउद गोल्डेन डकआउट भए । उन्मुक्त चन्द ४ रनमा, कप्तान रोहित पौडेल ५ रनमा, टम मोर्स ७ रनमा र साद बिन जाफर ० रनमा आउट भए । लगतै सन्दीप जोरा २० रनमा आउट भए। यसपछि १६ औं ओभरमा दिनेश अधिकारी र रामन सिमन्डस सेफ जेबको बलमा आउट भए । दिनेश १४ रनमा र सिमोन्डस शुन्यमा आउट हुँदा ८ विकेटको नोक्शानीमा लुम्बिनीले ९२ रन बनाएका थिए । लगतै सूर्य तामाङ पनि ७ रनमा आउट भए। विवेक यादवले ५४ बलको सामना गर्दै ३ चौका र ७ छक्काको मद्दतले अविजित ७७ रन बनापनि लुम्बिनी ४५ रनको हार व्यहोर्न बाध्य भए  । बलिङमा ब्राण्डन मकमलेन र सेफ जेबले समान ३÷३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा मात्र ४ विकेट गुमाउँदै १८७ रनको ठूलो योगफल बनाए । यो खेलमा पनि लुम्बिनीका बलरको प्रदर्शन फितलो रह्यो । विनोद भण्डारी र सेफ जेबले पहिलो विकरटका लागि ४९ रनको साझेदारी गरे । विनोद १७ रन बनाएर आउट भए । यसपछि सेफ र ब्राण्डन मकमलेनले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गरे । मकमलेन २३ रनमा आउट भए भने सेफ क्रिजमा जमे। अर्धशतकीय पारी खेलेका उनले ६१ बलको सामना गर्दै ६ चौका र छक्कासहित ९० रनको सानदार पारी खेले । दीपेन्द्र सिंह ऐरी अविजित ३९ रनमा क्रिजमा रहे । लगातार तेस्रो खेलमा पनि कमजोर बलिङ गरेको लुम्बिनीको लागि रामोन सिमोन्डसले दुई तथा रोहित पौडेल र विवेक यादवले समान १÷१ विकेट लिए ।

लगातारको तेस्रो जितमा ६ अंक बनाएको सुदूरपश्चिम लिगको शीर्षस्थानमा रहेको छ । उसले ६ अंक बनाएको छ । सहभागी ८ टिममा अंकको खाता खोल्न नसकेको लुम्बिनी लिगको पुछारमा रहेका छन्  ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?