Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

एनपिएलः लुम्बिनीको तेस्रो हार, सुदूरपश्चिमको तेस्रो जित


काठमाडौँ । लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेका छन् । लुम्बिनी भने लगातार तेस्रो खेलमा पराजित भए  ।

जितको लागि १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटियो । लुम्बिनीले निराशाजनक शुरूवात गरे  । मात्र १९ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेका थिए । ओपनर अर्जुन साउद गोल्डेन डकआउट भए । उन्मुक्त चन्द ४ रनमा, कप्तान रोहित पौडेल ५ रनमा, टम मोर्स ७ रनमा र साद बिन जाफर ० रनमा आउट भए । लगतै सन्दीप जोरा २० रनमा आउट भए। यसपछि १६ औं ओभरमा दिनेश अधिकारी र रामन सिमन्डस सेफ जेबको बलमा आउट भए । दिनेश १४ रनमा र सिमोन्डस शुन्यमा आउट हुँदा ८ विकेटको नोक्शानीमा लुम्बिनीले ९२ रन बनाएका थिए । लगतै सूर्य तामाङ पनि ७ रनमा आउट भए। विवेक यादवले ५४ बलको सामना गर्दै ३ चौका र ७ छक्काको मद्दतले अविजित ७७ रन बनापनि लुम्बिनी ४५ रनको हार व्यहोर्न बाध्य भए  । बलिङमा ब्राण्डन मकमलेन र सेफ जेबले समान ३÷३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा मात्र ४ विकेट गुमाउँदै १८७ रनको ठूलो योगफल बनाए । यो खेलमा पनि लुम्बिनीका बलरको प्रदर्शन फितलो रह्यो । विनोद भण्डारी र सेफ जेबले पहिलो विकरटका लागि ४९ रनको साझेदारी गरे । विनोद १७ रन बनाएर आउट भए । यसपछि सेफ र ब्राण्डन मकमलेनले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गरे । मकमलेन २३ रनमा आउट भए भने सेफ क्रिजमा जमे। अर्धशतकीय पारी खेलेका उनले ६१ बलको सामना गर्दै ६ चौका र छक्कासहित ९० रनको सानदार पारी खेले । दीपेन्द्र सिंह ऐरी अविजित ३९ रनमा क्रिजमा रहे । लगातार तेस्रो खेलमा पनि कमजोर बलिङ गरेको लुम्बिनीको लागि रामोन सिमोन्डसले दुई तथा रोहित पौडेल र विवेक यादवले समान १÷१ विकेट लिए ।

लगातारको तेस्रो जितमा ६ अंक बनाएको सुदूरपश्चिम लिगको शीर्षस्थानमा रहेको छ । उसले ६ अंक बनाएको छ । सहभागी ८ टिममा अंकको खाता खोल्न नसकेको लुम्बिनी लिगको पुछारमा रहेका छन्  ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?