Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन्ः मन्त्री चौधरी


काठमाडौँ ।भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन्ः मन्त्री चौधरीले खेलाडीहरुको विदेश पलायन रोक्न जरुरी रहेको बताएका छन्  ।

उनले नेपाल आँखा अस्पतालको साधारण सभा कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको बताए  । उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न सनेकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए । उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको र एक महिनाअघि पुरुष राष्ट्रिय भलिबलका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलिया पलायन भएको जानकारी दिए  । यद्यपि श्रेष्ठ भने सन्यास लिएर पलायन भए  । खेलाडीहरुलाई आँखाको उपचारमा नेपाल आँखा अस्पतालले सहयोग गरे राम्रो हुने बताए  ।

उनले  भने , ‘नेपालमा जसले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरुको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ । हाम्रो धेरै खेलाडीहरु अहिले विदेश पलायन भइसकेको छ । हाले काभामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्टे«लिया पुगिसकेको छ । नेपालको क्याप्टेन भलिबलको क्याप्टेन मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्टे«लिया पुगिसकेको छ । अहिले एनपिएल चलिरहेको छ, नेपालमा खेलकुदको उत्सवजस्तै भइरहेको छ । जुन मान्छेहरुको उत्साह, उमंग देखिरहेको छ । हाम्रा खेलाडीहरुलाई आँखा अस्पतालले उपचारको खर्च व्यवस्थापन गर्नसके सजिलो हुन्थ्यो ।’

मन्त्री चौधरीले आँखाको रोग नै लाग्न नदिन पनि प्रचारप्रसार गर्न आग्रह गरे ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?