Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन्ः मन्त्री चौधरी


काठमाडौँ ।भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भइन्ः मन्त्री चौधरीले खेलाडीहरुको विदेश पलायन रोक्न जरुरी रहेको बताएका छन्  ।

उनले नेपाल आँखा अस्पतालको साधारण सभा कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई सरकारले रोजगारी र स्वास्थ्यमा सुविधा दिन नसकेको बताए  । उनले खेलाडीको स्वास्थ्य बीमा पनि राम्रोसँग गर्न सनेकेको भन्दै सरकार त्यसतर्फ लागिपरेको बताए । उनले एक हप्ताअघि मात्रै भलिबल खेलाडी सरस्वती चौधरी अस्ट्रेलिया पलायन भएको र एक महिनाअघि पुरुष राष्ट्रिय भलिबलका कप्तान मानबहादुर श्रेष्ठ अस्ट्रेलिया पलायन भएको जानकारी दिए  । यद्यपि श्रेष्ठ भने सन्यास लिएर पलायन भए  । खेलाडीहरुलाई आँखाको उपचारमा नेपाल आँखा अस्पतालले सहयोग गरे राम्रो हुने बताए  ।

उनले  भने , ‘नेपालमा जसले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई हामी नेपाल सरकारले न रोजगारी दिन सकेका छौँ, न त स्वास्थ्यमा सुविधा दिन सकेका छौँ । उहाँहरुको राम्रोसँग बीमा पनि गर्न सकेका छैनौँ । हाम्रो धेरै खेलाडीहरु अहिले विदेश पलायन भइसकेको छ । हाले काभामा उत्कृष्ट नतिजा निकालेको सरस्वती चौधरी एक हप्ताअघि अस्टे«लिया पुगिसकेको छ । नेपालको क्याप्टेन भलिबलको क्याप्टेन मानबहादुर श्रेष्ठ एक महिनाअघि अस्टे«लिया पुगिसकेको छ । अहिले एनपिएल चलिरहेको छ, नेपालमा खेलकुदको उत्सवजस्तै भइरहेको छ । जुन मान्छेहरुको उत्साह, उमंग देखिरहेको छ । हाम्रा खेलाडीहरुलाई आँखा अस्पतालले उपचारको खर्च व्यवस्थापन गर्नसके सजिलो हुन्थ्यो ।’

मन्त्री चौधरीले आँखाको रोग नै लाग्न नदिन पनि प्रचारप्रसार गर्न आग्रह गरे ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?