Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

उपाचार गराउन नसक्नेलाई सहयोग गर्ने उपचार सहायता कोषमा ५७ लाख जम्मा


१४ चैत्र, इलाम । रकम अभावमा उपाचार गराउन नसक्नेलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘सहयोगी हातहरु’ नामक संस्थाको कोषमा रु ५७ लाख जम्मा भएको छ । इलाममा आर्थिक स्थिति कमजोर भइ उपचार गराउन नसक्नेका लागि सहयोग गर्न संस्था स्थापना गरिएको हो ।

संस्थाले अक्षयकोष स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ । संस्थामा अक्षय कोषमा रु ५७ लाख ५५ हजार जम्मा भएको अध्यक्ष रतन चौधरीले जानकारी दिए । विसं २०७२ मा स्थापना भएको संस्थामा सात वर्षको अवधिमा उक्त रकम जम्मा भएको हो ।

संस्थामा सहयोग माग्न आउनेलाई सम्बन्धित वडा तथा पालिकाको सिफारिस बनिएपछि नगद पाँच हजार वितरण गर्दै आइएको छ । संस्थाबाट हालसम्म दुई सय ३७ जनाले सहयोग प्राप्त गरेको सचिव रीता अधिकारीले बताए ।

अक्षय कोषको रकम रू एक करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ । संस्थाको अक्षय ९१ जना सदस्य आवद्ध छन् । पछिल्लो समय संस्थामा विभिन्न सङ्घ संस्था संस्था बैंक तथा वित्तीय संस्थाबाट पनि सहयोग प्राप्त भइरहेको छ । व्यक्तिगतरुपमा जन्मदिन, खर्च, विवाह वर्षगाँठ तथा उत्सवमा गरिने अनावश्यक खर्चबाट कटाएर भए पनि संस्थामा सहयोग गर्ने क्रम बढेको छ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?