Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उपाचार गराउन नसक्नेलाई सहयोग गर्ने उपचार सहायता कोषमा ५७ लाख जम्मा


१४ चैत्र, इलाम । रकम अभावमा उपाचार गराउन नसक्नेलाई सहयोग गर्ने उद्देश्यले स्थापित ‘सहयोगी हातहरु’ नामक संस्थाको कोषमा रु ५७ लाख जम्मा भएको छ । इलाममा आर्थिक स्थिति कमजोर भइ उपचार गराउन नसक्नेका लागि सहयोग गर्न संस्था स्थापना गरिएको हो ।

संस्थाले अक्षयकोष स्थापना गरेर आर्थिक सहयोग वितरण गर्दै आएको छ । संस्थामा अक्षय कोषमा रु ५७ लाख ५५ हजार जम्मा भएको अध्यक्ष रतन चौधरीले जानकारी दिए । विसं २०७२ मा स्थापना भएको संस्थामा सात वर्षको अवधिमा उक्त रकम जम्मा भएको हो ।

संस्थामा सहयोग माग्न आउनेलाई सम्बन्धित वडा तथा पालिकाको सिफारिस बनिएपछि नगद पाँच हजार वितरण गर्दै आइएको छ । संस्थाबाट हालसम्म दुई सय ३७ जनाले सहयोग प्राप्त गरेको सचिव रीता अधिकारीले बताए ।

अक्षय कोषको रकम रू एक करोड पु¥याउने संस्थाले लक्ष्य लिएको छ । संस्थाको अक्षय ९१ जना सदस्य आवद्ध छन् । पछिल्लो समय संस्थामा विभिन्न सङ्घ संस्था संस्था बैंक तथा वित्तीय संस्थाबाट पनि सहयोग प्राप्त भइरहेको छ । व्यक्तिगतरुपमा जन्मदिन, खर्च, विवाह वर्षगाँठ तथा उत्सवमा गरिने अनावश्यक खर्चबाट कटाएर भए पनि संस्थामा सहयोग गर्ने क्रम बढेको छ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?