Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

एनपिएलः चितवनको पहिलो हार, कर्णालीको पहिलो जित


काठमाडौँ ।  चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेका छन्  ।
जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा गरे  । कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । देव खनाल २५ रन जोड्दै आउट भए । यसपछि शिखर धवनले चाडविक वाल्टनसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्दै कर्णालीको जितलाई सहज बनाए । धवनले ४१ बल खेल्दै ४ चौका र १ छकमका सहित ४५ रन जोडे । अर्धशतकबाट मात्र ५ रनले चुके । तर चाडविक ३० रन जोडेर रवि बोपराको बलमा एलबिडब्लु धरापमा परेपछि कर्णाली दबाबमा आयो । अन्तिम ओभरमा ९ रन चाहिँदा ३ बलमा ६ रन जोडेपछि चौथो बलमा अर्जुन घर्ती रन आउट भए । तर पाँचौ बलमा जिसन मकशुदले चौका प्रहार गर्दा एक बल अगाडि ४ विकेट गुमाएर कर्णालीलाई जित दिलाए । जिसन मकशुदले अविजित अविजित १२ रन बनाए । बलिङमा कुशल मल्ल, जान निकोल र रवि बोपराले समान १÷१ विकेट लिए ।

 यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन मात्र बनाए । खराब शुरूवात गरेको चितवनले ३ विकेट गुमाउँदा २२ रन मात्र बनाएका थिए  । लुक बेनमकेन्सटाइन रनको खाता नखोली आउट भए भने दीपक बोहरा ८ रनमा र विपिन रावल ११ रनमा पबिलियन फर्किए। यसपछि रवि बोपरा र कप्तान कुशल मल्लले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने कोशिस गरे । कुशल २३ रनमा आउट भए । रविले अर्धशतकीय पारी खेल्दै अविजित ५९ रनको पारी खेले । उनले ४० बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । यसपछि अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । बलिङमा विपिन शर्माले ३ र जुसन मक्सुदले २ विकेट लिए । तीन खेलमा कर्णालीले पहिलो जित हात पार्दै अंकको खाता खोलेका छन्  । तेस्रो खेल खेलेको चितवनको भने यो पहिलो हार हो । यसअघि दुई खेल जितेको चितवनसँग ४ अंक रहेको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?