Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलाई सम्मान


काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमीमा अयोध्याबाट आएका जन्तीलगायत अतिथिहरूलाई सम्मान गरेका छन्  ।

उमहानगरपालिकाकाले शुक्रवार गरेको समारोहमा भारतको अयोध्याबाट जन्तीका रूपमा आएका अतिथिहरू अयोध्याका मेयर गिरिषपति त्रिपाठी, राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत राय, विश्वहिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र पंकजलगायतलाई जनकपुरधामका मेयर मनोजकुमार साहले सम्मान गरेका हुन्  । त्यस्तै भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धरलगायतलाई पनि सम्मान गरिएको थियो । समारोहमा अयोध्याका मेयर त्रिपाठीले राम भगवानको जन्ती बनेर आउने शौभाग्य पाएकोमा आफू हर्षित भएको बताए । त्यस्तै ट्रष्टका महासचिव रायले आफ्नो परम्परालाई बचाएर राख्नुपर्ने बताए  । समारोहमा जनकपुरधामका नगर प्रमुख साहले त्रेतायुगको परम्परालाई बचाएर राख्न पाउँदा आफूहरू धन्य महसुस गरेको बताए  । समारोहमा सहभागी अयोध्याबाट आएका जन्तीहरूले मिथिलावासीले जनकपुरधाममा देखाएको प्रेम र स्नेहबाट आफूहरू आनन्दित महशुस गरेको बताएका छन् । त्यसक्रममा अतिथिहरूका साथै अन्य साधु सन्तलगायतलाई उपमहानगरपालिकाले भोजनसमेत गराएका थिए  ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?