Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चालु आ.व.मा ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने सर्वोच्च अदालतको लक्ष्य


काठमाडौँ । सर्वोच्च अदालतले चालु आर्थिक वर्षभित्र ८ वर्ष पुराना मुद्दा शुन्यमा झार्ने लक्ष्य लिएका छन् ।

शुक्रवार सर्वोच्च अदालतमा सर्वोच्च अदालतको गोला प्रणालीबाट हुने पेशी व्यवस्थापन प्रक्रियाका क्रममा अदालतले सो जानकारी गराएका हुन् । अदालतले बनाएको योजनाअन्तर्गत ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सक्ने योजना रहेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बताए । उनले ०८२ सालको असार मसान्तसम्म ८ वर्ष पुराना मुद्दाहरु शुन्यमा झार्ने लक्ष्यअनुसार मुद्दा फस्र्यौट गरिरहेको बताए । उनले  सर्वोच्च अदालतमा आफूहरुले जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेको बताए ।

उनले भने , ‘ अब हामीसँग ८ वर्ष पुरानो मुद्दाहरु १५४ थान मुद्दा बाँकी रहेका छन् । अब यसलाई असारसम्म जिरोमा ल्याउने लक्ष्य रहेको छ । हामीले बनाएको योजनाअन्तर्गत जसरी भएपनि ८ वर्ष नाघेका मुद्दाहरु जम्मा १५४ थान रहेका छन् । यो आउने ०८२ सालको असार मसान्तसम्म त्यसलाई शुन्यमा झार्ने हो, ८ वर्ष पुराना मुद्दा नराख्ने हो । त्यसरी गएको हो हामी । जिरो आवरलाई संस्थागत सुधारको निम्ति उपयोग गरेका छौँ ।’

अदालतले पारदर्शिता र उत्तरदायित्व बोध गराउन गोला प्रथा शुरु गरिएको बताएका छन्  ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?