Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एकले अर्काेलाई स्वीकारेर रचनात्मक बनौँः अध्यक्ष बस्नेत


काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको बताएका छन् ।

बिहीवार स्वर्गीय अनिता आचार्यको स्मृति दिवसमका अवसरमा ‘संसार तिमीलाई’ गीतको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् । उनले समाजमा सबै बिग्रियो भनेर मात्र जान नहुने भन्दै सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्ने बताउदै एकले अर्कालाई नस्विकार्ने, एकले अर्कालाई गाली गर्ने संस्कृतिलाई छोडेरे रचनात्मक बन्नुपर्नेमा जोड दिएका छन् । उनले समाजमा शान्ती कायम गर्नसके मात्र समाजको विकास गर्न सकिने भएकाले घर—घरबाट शान्ती खोज्नुपर्ने बताए ।

अध्यक्ष बस्नेतले भने, ‘अहिले पारिवारिक कलह, समाजमा विग्रह, नकारात्मक चिन्तन कम हुँदै गएको छ । हामीले महशुस गर्नेगरी कम हुँदै गएको छ । हामीले सबै बिग्रियो भन्नेतिर मात्र जानु हुँदैन । एकले अर्कालाई नस्वीकार्ने, एकले अर्कालाई गाली मात्र दिने जुन संस्कृति छ त्यसलाई छोडेर हामी रचनात्मक बन्नुपर्छ । घरघरबाट शान्ती खोज्नुपर्दछ । शान्ती खोज्न परिवार टोल, समाज, समुदाय हामी सबै एक ठाउँमा उभिनुपर्दछ । नेपाली संस्कृति अहिले हराउँदै गएको छ । यसले कसलाई फाइदा भएको छ ? त्यही भएर यो गीत लेख्न उहाँ बाध्य हुनुभयो होला । यदि हामी आफ्नो संस्कृति र संस्कारमा हुर्किरहेको भए । संस्कार संकटमा नपरेको भए उहाँले यो गीत नगाउन पनि सक्नुहुन्थ्यो होला ।’

उनले प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालहरुको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सामाजिक सद्भाव भड्काउने क्रियाकलाप गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउने समेत बताएका छन् ।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?