Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एनपिएलः चितवनको दोस्रो जितः पोखरा एभेन्जर्स ८७ रनले पराजित


काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै चितवन राइनोजले लगातार दोस्रो जित निकालेका छन् ।

जवाफमा १६२ रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७४ रनमा समेटियो । पोखरा विरूद्ध चितवनका सोहेल तनवीरले पहिलो ओभरमा सानदार बलिङ गरे । उनले पहिलो ओभरमा तीन महत्वपूर्ण विकेट लिए । यो इनिङसको पहिलो बलमा ओपनर कुशल भुर्तेल गोल्डेन डक आउट भए । पाँचौं बलमा ४ रन बनाएका दीलिप नाथ र छैटौं बलमा बास डे लिडे डक आउट भए । पहिलो ओभरमा मात्र ४ रन जोड्दा पोखराले ३ विकेट गुमाए । यसपछि पनि पोखरा सम्हालिन सकेन र यो इनिङ्स धराशायी बन्यो । चौथो ओभरमा पनि पोखराले तीन विकेट गुमाए । रिजन ढकालले दिनेश खरेल, किरण ठगुन्ना र माइकल लिस्कलाई आउट गरे । मात्र ७ रन बनाउँदा पोखराले ६ विकेट गुमाए । सातौं विकेटको रूपमा रेमन रेफर १ रनमा आउट भए । १७ रन जोड्दा पोखराले ७ विकेट गुमाए । यसपछि मार्कस क्रिच्लेले १७ रन र नारायण जोशीले ३० रन बनाउँदा पोखराले कडा संघर्ष गर्दै ७४ रन मात्र बनायो। बलिङमा सोहेल तनवीर, रिजन ढकाल र लुक बेनकेनसटेनले ३÷३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाए । ओपनर दीपक बोहरा २ रनमा, हसन इसाखेल १४ रनमा र लुक बेनकेस्टेनले १६ रनमा आउट हुँदा तीन विकेटको नोक्शानीमा ४६ रन बनाएका थिए । यसपछि रवि बोपरा र कुशल मल्लले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै इनिङस उकासे । कुशल मल्ल ३८ रन बनाएर आउट भए । रवि बोपराले भने अर्धशतकीय पारी खेले । उनले ३८ बलको सामना गर्दै ३ छक्का र ३ चौका प्रहार गर्दै ५१ रन जोडे । उनी आउट हुँदा चितवनले ५ विकेटको नोक्शानीमा १३४ रन बनाएका थिए । यसपछिका ब्याटरले इनिङसको अन्तयतिर विकेट हुँदा पनि धेरै रन जोड्न सकेनन् । सोेहेल तनवीर ० रनमा आउट हुँदा अमर राउटेला अविजित १३ र शरद भेषावकर अविजित ११ रनमा क्रिजमा रहे । बलिङमा विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान ३÷३ विकेट लिए । लगातारको दोस्रो जितमा चितवनले ३ अंक बनाएको छ । बुधवार पनि दुई खेल हुनेछन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?