Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एनपिएलः चितवनको दोस्रो जितः पोखरा एभेन्जर्स ८७ रनले पराजित


काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै चितवन राइनोजले लगातार दोस्रो जित निकालेका छन् ।

जवाफमा १६२ रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७४ रनमा समेटियो । पोखरा विरूद्ध चितवनका सोहेल तनवीरले पहिलो ओभरमा सानदार बलिङ गरे । उनले पहिलो ओभरमा तीन महत्वपूर्ण विकेट लिए । यो इनिङसको पहिलो बलमा ओपनर कुशल भुर्तेल गोल्डेन डक आउट भए । पाँचौं बलमा ४ रन बनाएका दीलिप नाथ र छैटौं बलमा बास डे लिडे डक आउट भए । पहिलो ओभरमा मात्र ४ रन जोड्दा पोखराले ३ विकेट गुमाए । यसपछि पनि पोखरा सम्हालिन सकेन र यो इनिङ्स धराशायी बन्यो । चौथो ओभरमा पनि पोखराले तीन विकेट गुमाए । रिजन ढकालले दिनेश खरेल, किरण ठगुन्ना र माइकल लिस्कलाई आउट गरे । मात्र ७ रन बनाउँदा पोखराले ६ विकेट गुमाए । सातौं विकेटको रूपमा रेमन रेफर १ रनमा आउट भए । १७ रन जोड्दा पोखराले ७ विकेट गुमाए । यसपछि मार्कस क्रिच्लेले १७ रन र नारायण जोशीले ३० रन बनाउँदा पोखराले कडा संघर्ष गर्दै ७४ रन मात्र बनायो। बलिङमा सोहेल तनवीर, रिजन ढकाल र लुक बेनकेनसटेनले ३÷३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाए । ओपनर दीपक बोहरा २ रनमा, हसन इसाखेल १४ रनमा र लुक बेनकेस्टेनले १६ रनमा आउट हुँदा तीन विकेटको नोक्शानीमा ४६ रन बनाएका थिए । यसपछि रवि बोपरा र कुशल मल्लले चौथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै इनिङस उकासे । कुशल मल्ल ३८ रन बनाएर आउट भए । रवि बोपराले भने अर्धशतकीय पारी खेले । उनले ३८ बलको सामना गर्दै ३ छक्का र ३ चौका प्रहार गर्दै ५१ रन जोडे । उनी आउट हुँदा चितवनले ५ विकेटको नोक्शानीमा १३४ रन बनाएका थिए । यसपछिका ब्याटरले इनिङसको अन्तयतिर विकेट हुँदा पनि धेरै रन जोड्न सकेनन् । सोेहेल तनवीर ० रनमा आउट हुँदा अमर राउटेला अविजित १३ र शरद भेषावकर अविजित ११ रनमा क्रिजमा रहे । बलिङमा विपिन खत्री, बास डे लिडे र रेमन रेफरले समान ३÷३ विकेट लिए । लगातारको दोस्रो जितमा चितवनले ३ अंक बनाएको छ । बुधवार पनि दुई खेल हुनेछन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?