Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताएका छन् ।

मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद् भएको बताईन् । उनले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिईन् । उनले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताईन् ।

उनले भनिन् , ‘अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन । त्यो शिक्षा नीति, विधेयकले हाम्रो देशको भविष्य तय गर्दछ । अहिले हामीसँग त्यो राम्रो नीति नै छैन । उहाँहरुले रोजगारका कुराहरु गर्नुभएको छ । हामी पश्चिमी मुलुकमा पठाउँछौँ बच्चाहरुलाई । पश्चिमी मुलुकमा जान तयार बनाउँछौँ । अहिले टेन प्ल्स टुका स्टुडेण्डहरु हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन् । हामीसँग भएका जुन श्रोतहरु छन्, हामीसँग भएका जतिपनि पोर्टिनसियलता छ, त्यस्तो किसिमको शिक्षाहरुको हामीले प्रि स्कुलबाट बनउनु प¥यो । जे को अभाव छ, देश प्रेमप्रति बनाउनु प¥यो । त्यस्तो किसिमको कार्यक्रम सिर्जना गर्नुप¥यो र शिक्षा नीति चाँडो भन्दा चाँडो हाम्रो विधेयक बन्नुपर्छ ।’

उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताईन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?