Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एनपिएल क्रिकेटः सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार


काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो ।

जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनको लज्जास्पद योगफलमा समेटियो । खराब ब्याटिङ गरेको विराटनगरले ११ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । यसपछि कुनैपनि समय साझेदारी बन्न सकेन ।

निरन्तर अन्तरालमा विकेट गुमिरहँदा विराटनगर निरिह बन्यो । उसको लागि बसिर अहमदले २४, राजेश पुलामीले १४ र अनिल खरेलले अविजित १० रन बनाए । यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा स्कट कुगेल्जन र अविनाश बोहराले ३÷३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । जारी एनपिएलमा कुनैपनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो ।

ओपनर अनिल श्रेष्ठ १ रनमा, बिनोद भण्डारी २३ रनमा र आरिफ शेख ९ रनमा आउट हुँदा सुदूरले ३ विकेटको नोक्शानीमा ३ विकेट गुमायो । सेफ जेब १४ र ब्रयान्डन म्याकमुलेन ३६ रनमा आउट भए । यसपछि ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटको लागि ४९ रनको साझेदारी गरे । पाण्डे १६ बलमा २ चौका र १ छक्का सहित २१ रन जोडेर रन आउट भए । कप्तान दीपेन्द्र सिंह ऐेरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले मात्र २३ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे ।

यसपछि अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित ५७ रनको उत्कृष्ट पारी खेले । बलिङमा अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । क्रिस सोल, इस्मात अलाम र बसिर अहमदले समान १÷१ विकेट लिए । कप्तान सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा विकेट बिहिन बने । जितमा सुदूरले २ अंक जोड्यो । लगातार दुई खेल हारेको विराटनगरले अंकको खाता खोल्न सकेको छैन ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?