Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एनपिएल क्रिकेटः सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार


काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो ।

जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनको लज्जास्पद योगफलमा समेटियो । खराब ब्याटिङ गरेको विराटनगरले ११ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । यसपछि कुनैपनि समय साझेदारी बन्न सकेन ।

निरन्तर अन्तरालमा विकेट गुमिरहँदा विराटनगर निरिह बन्यो । उसको लागि बसिर अहमदले २४, राजेश पुलामीले १४ र अनिल खरेलले अविजित १० रन बनाए । यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा स्कट कुगेल्जन र अविनाश बोहराले ३÷३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । जारी एनपिएलमा कुनैपनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो ।

ओपनर अनिल श्रेष्ठ १ रनमा, बिनोद भण्डारी २३ रनमा र आरिफ शेख ९ रनमा आउट हुँदा सुदूरले ३ विकेटको नोक्शानीमा ३ विकेट गुमायो । सेफ जेब १४ र ब्रयान्डन म्याकमुलेन ३६ रनमा आउट भए । यसपछि ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटको लागि ४९ रनको साझेदारी गरे । पाण्डे १६ बलमा २ चौका र १ छक्का सहित २१ रन जोडेर रन आउट भए । कप्तान दीपेन्द्र सिंह ऐेरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले मात्र २३ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे ।

यसपछि अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित ५७ रनको उत्कृष्ट पारी खेले । बलिङमा अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । क्रिस सोल, इस्मात अलाम र बसिर अहमदले समान १÷१ विकेट लिए । कप्तान सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा विकेट बिहिन बने । जितमा सुदूरले २ अंक जोड्यो । लगातार दुई खेल हारेको विराटनगरले अंकको खाता खोल्न सकेको छैन ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?