Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अस्ट्रेलियाको इतिहासमै कीर्तिमानी कोकिन बरामद


काठमाडौँ । अस्ट्रेलियाको प्रहरीले सोमवार देशको इतिहासमै कीर्तिमानी कोकिन बरामद गरेका छन् । सो आरोपमा १३ जनालाई पक्राउ गरी अभियोग लगाइएको जनाएका छन् । अस्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले उत्तरपूर्वी अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा समुन्द्री मार्गबाट २.३४ टन कोकिन आयात गर्ने प्रयास गरेको आरोपमा अन्तर्राष्ट्रिय आपराधिक सिन्डिकेटको अनुसन्धानपछि ११ वयस्क र दुई किशोरलाई अभियोग लगाइएको घोषणा गरेका छन् । एएफपी र क्वीन्सल्याण्ड प्रहरी सेवा (क्यूपीएस) का अधिकारीहरूले शनिवार राति र आईतवार बिहानको समयमा पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरूमा क्वीन्सल्याण्डमा कोकिन आयात गर्ने प्रयास गर्ने जहाजका चालक दल र अवैध लागुऔषध सङ्कलन गर्न किनारमा पर्खिरहेका धेरै पक्षहरू थिए ।

यो अष्ट्रेलियाको इतिहासमा कोकिनको सबैभन्दा ठूलो बरामद हो । ७६० मिलियन अस्ट्रेलियाली डलर (४९३.६ मिलियन अमेरिकी डलर) को अनुमानित मूल्य रहेको छ । सबै १३ जनालाई सीमामा नियन्त्रित लागुऔषधको व्यापारिक परिमाणमा आयात गर्ने षड्यन्त्र गरेको अभियोग लगाइएको छ । दोषी प्रमाणित भएमा उनीहरूलाई अधिकतम आजीवन कारावासको सजाय हुनेछ । मेकानिकल बिग्रिएको आशंकामा डुङ्गा समुन्द्रमा अलपत्र परेपछि पक्राउ परेका हुन् । कोकिनको उत्पत्तिबारे अनुसन्धान जारी रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?