Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अस्ट्रेलियाको इतिहासमै कीर्तिमानी कोकिन बरामद


काठमाडौँ । अस्ट्रेलियाको प्रहरीले सोमवार देशको इतिहासमै कीर्तिमानी कोकिन बरामद गरेका छन् । सो आरोपमा १३ जनालाई पक्राउ गरी अभियोग लगाइएको जनाएका छन् । अस्ट्रेलियाको संघीय पुलिस (एएफपी) ले उत्तरपूर्वी अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा समुन्द्री मार्गबाट २.३४ टन कोकिन आयात गर्ने प्रयास गरेको आरोपमा अन्तर्राष्ट्रिय आपराधिक सिन्डिकेटको अनुसन्धानपछि ११ वयस्क र दुई किशोरलाई अभियोग लगाइएको घोषणा गरेका छन् । एएफपी र क्वीन्सल्याण्ड प्रहरी सेवा (क्यूपीएस) का अधिकारीहरूले शनिवार राति र आईतवार बिहानको समयमा पक्राउ गरेका हुन् । पक्राउ पर्नेहरूमा क्वीन्सल्याण्डमा कोकिन आयात गर्ने प्रयास गर्ने जहाजका चालक दल र अवैध लागुऔषध सङ्कलन गर्न किनारमा पर्खिरहेका धेरै पक्षहरू थिए ।

यो अष्ट्रेलियाको इतिहासमा कोकिनको सबैभन्दा ठूलो बरामद हो । ७६० मिलियन अस्ट्रेलियाली डलर (४९३.६ मिलियन अमेरिकी डलर) को अनुमानित मूल्य रहेको छ । सबै १३ जनालाई सीमामा नियन्त्रित लागुऔषधको व्यापारिक परिमाणमा आयात गर्ने षड्यन्त्र गरेको अभियोग लगाइएको छ । दोषी प्रमाणित भएमा उनीहरूलाई अधिकतम आजीवन कारावासको सजाय हुनेछ । मेकानिकल बिग्रिएको आशंकामा डुङ्गा समुन्द्रमा अलपत्र परेपछि पक्राउ परेका हुन् । कोकिनको उत्पत्तिबारे अनुसन्धान जारी रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?