Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इजिप्टद्वारा गाजाका लागि समर्थन जुटाउन मन्त्रीस्तरीय सम्मेलन आयोजना


काठमाडौँ ।  इजिप्टले घेराबन्दी गरिएको गाजाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन र प्यालेस्टिनी जनताको पीडा कम गर्न कायरोमा मन्त्रीस्तरीय सम्मेलन शुरु गरेका छन् । इजिप्टका राष्ट्रपतिको संयोजकत्वमा विभिन्न देशका एक सय ३ प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय संघसंस्था र वित्तीय संस्थाको सहभागिता रहेको उक्त बैठकमा इजिप्टको परराष्ट्र मन्त्रालयले जनाएका छन् ।

प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय राहत र कार्य निकायका कमिश्नर–जनरल इन द नियर इस्ट फिलिप लाजरिनीले स्थापनादेखि नै प्यालेस्टाइनको पहिचान जोगाउँदै आएको र अन्तर्राष्ट्रिय कानून बमोजिम काम गर्दै आएको बताए । उनले गाजापट्टीमा मानवीय कार्यको निरन्तरताका लागि सुरक्षित र प्रभावकारी अवस्था सुनिश्चित गरिनुपर्ने र गाजाको विनाशकारी अवस्थाको अन्त्य गर्न आपतकालीन प्रतिक्रिया र राजनीतिक समाधानका लागि आग्रह गरेको बताएका छन् । प्यालेस्टाइनी प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद मुस्तफाले इजिप्टले इजरायली आक्रमणको पहिलो दिनदेखि नै प्यालेस्टिनी पक्षलाई समर्थन गरेको र गाजा पट्टीमा युद्धविरामका लागि इमान्दार प्रयास गरेको बताए ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?