Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इजिप्टद्वारा गाजाका लागि समर्थन जुटाउन मन्त्रीस्तरीय सम्मेलन आयोजना


काठमाडौँ ।  इजिप्टले घेराबन्दी गरिएको गाजाका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय समर्थन जुटाउन र प्यालेस्टिनी जनताको पीडा कम गर्न कायरोमा मन्त्रीस्तरीय सम्मेलन शुरु गरेका छन् । इजिप्टका राष्ट्रपतिको संयोजकत्वमा विभिन्न देशका एक सय ३ प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय संघसंस्था र वित्तीय संस्थाको सहभागिता रहेको उक्त बैठकमा इजिप्टको परराष्ट्र मन्त्रालयले जनाएका छन् ।

प्यालेस्टाइनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र सङ्घीय राहत र कार्य निकायका कमिश्नर–जनरल इन द नियर इस्ट फिलिप लाजरिनीले स्थापनादेखि नै प्यालेस्टाइनको पहिचान जोगाउँदै आएको र अन्तर्राष्ट्रिय कानून बमोजिम काम गर्दै आएको बताए । उनले गाजापट्टीमा मानवीय कार्यको निरन्तरताका लागि सुरक्षित र प्रभावकारी अवस्था सुनिश्चित गरिनुपर्ने र गाजाको विनाशकारी अवस्थाको अन्त्य गर्न आपतकालीन प्रतिक्रिया र राजनीतिक समाधानका लागि आग्रह गरेको बताएका छन् । प्यालेस्टाइनी प्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद मुस्तफाले इजिप्टले इजरायली आक्रमणको पहिलो दिनदेखि नै प्यालेस्टिनी पक्षलाई समर्थन गरेको र गाजा पट्टीमा युद्धविरामका लागि इमान्दार प्रयास गरेको बताए ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?