Trending
>>   रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो >>   सोहेलको विकेट प्रेरणामा चितवन राइनोज विजयी >>   ‘राज्य संयन्त्र कमजोर हुँदा ग्रामिण भेगका अपाङ्गता भएका नागरिक संविधान प्रदत्त अधिकारबाट वञ्चित हुनुप¥यो’ >>   नेपालमा कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एक जना एकल महिला >>   तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा >>   प्रधानमन्त्री ओली चीन प्रस्थान >>   सिरिया—इरानीबीच आतंकवाद विरुद्धको आक्रमण तिब्र बनाउने प्रतिवद्धता >>   हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन >>   इजिप्ट र सिरियाबीच उत्तर सिरियामा पछिल्लो तनावबारे छलफल >>   उत्तर पश्चिम पाकिस्तानमा साम्प्रदायिक हिंसामा १२४ जनाको मृत्यु
Logo
१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

रामजानकी विवाहपञ्चमी महोत्सवः फूलबारी लीला मनाइयो


काठमाडौँ। रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ ।

सात दिवसीय सो महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन फूलबारी लीला मनाइएको हो । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासंग भेट गराई फूलबारी लिला मनाइन्छ ।

त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ । त्यसकै स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत फूलबारी लिला गरिन्छ ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?