Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रतिवेदन भन्छ- पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो


१४ चैत्र, काभ्रेपलाञ्चोक । पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ ।

नगरलाई विषादी मुक्त बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले पाँचखाल नगरपालिका र लवग्रीन नेपालले ५ वर्षअघि शुरू गरेको वातावरणमैत्री एकीकृत दीगो कृषि विकास परियोजना (आईपीएम)ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्यांक सार्वजनिक गरेका छन् ।

पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो । खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रुकावट (इमिसन रेट) ८५ प्रतिशत नमूनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्डभन्दा निकै कम प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीका अनुसार २०७९ वैशाख २ गते आलु, बकुल्ला, रायो साग, बन्दा, गाँजर, रातो बन्दा, गोलभेंडा, मुला, भेडे खुर्सानीको परीक्षण गरेको थियो भने २०७९ जेठ ११ गते धनियाँ, काउली, रातो बन्दा, मुला, रायो, ब्रोकाउलीमा प्रयोग भएको विषादी परीक्षण गरिएको थियो ।

परीक्षण गरिएको २० प्रकारका तरकारीमा बोडीमा अलिक धेरै विषादीको प्रयोग गरेको देखिए पनि ३५ प्रतिशतभन्दा कम भएकाले खानयोग्य भएको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

कृषि विभाग केन्द्रीय कृषि प्रयोगशाला, कृषि ज्ञान केन्द्र प्रयोगशाला, खाद्य प्रविधि प्रयोगशालाले विषादीको मात्र ३५ प्रतिशतसम्म भए खान योग्य, ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय राखेर खान हुने र ४५ प्रतिशतभन्दा माथि भएमा खान अयोग्य हुने प्रमाणित गर्ने गरेको छ । सोमवार पाँचखालमा सार्वजनिक गरिएको प्रतिवेदनमा २०७४ भदौबाट परियोजनाको ५ वर्षको अवधिमा कीटनाशक विषादी, ढुसीनाशक विषादी, रासायनिक मल, फस्फोरस र पोटास लगायतको प्रयोग उल्लेख्यरूपमा घटेको देखाएको हो ।

परीक्षणको प्रतिवेदअनुसार पाँचखालमा उत्पादन भएका अधिकांश तरकारीमा प्रयोग भएको विषादीको मात्र २ देखि १९ प्रतिशतसम्म रहेको छ । बन्दामा २ दशमलव ५ र लोकल बोडीमा १८ प्रतिशत अर्गानोफस्फेट प्रयोग गरिएको छ । तुने बोडीमा २७ दशमलव ५ प्रतिशत देखिएको छ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?