Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एचआईभी सङ्क्रमितको हक र अधिकार कार्यान्वयनको लागि ऐन बनाउने स्वास्थ्यमन्त्रीको घोषणा


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एचआइभी सङ्क्रमणसम्बन्धी ऐन ल्याउने बताएका छन् ।

आइर्ततवार ललितपुरमा आयोजित एचआईभी एड्स सङ्क्रमित नागरिकको मानव अधिकार अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ऐनको ड्राफ्ट आफूलाई उपलब्ध गराउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालय ऐन अगाडि बढाउन तयार रहेको बताएका छन् । उनले लक्षित समूहका कार्यक्रमहरुमा धेरै वक्ताहरु बोलेर मात्र नहुने भन्दै ठोस निष्कर्ष निकाल्नुपर्ने बताए । एचआईभी सङ्क्रमितहरुको हक र अधिकारहरुको कार्यन्वयनको लागि बजेट नछुट्याइएकोले केही समस्याहरु रहेको बताउदै उनले विभिन्न संघ संस्थाहरुले उपलब्ध गराएको फन्डमा समेत एनजिओको जस्तो द्वन्द्व देखिएको उल्लेख गर्दै उनले यस्ता फण्डहरु स्वयं संक्रमितहरुले नै परिचालन गर्न पाउनुपर्ने बताए । उनले एचआईभी संक्रमितहरुलाई समाजमा पुनःस्थापित गर्नको लागि सरोकारवाला सबैको उत्तरदायित्व भएको उनको भनाइ रहेको छ ।

उनले भने, ‘कुनैपनि समूह लक्षित कार्यक्रमहरुले ठोस निष्कर्ष निकाल्नुपर्छ । हामी १२, १५ जना आएर भाषण मात्र गर्छौं तर निष्कर्ष निस्कँदैन । यसरि कार्यक्रम गरेर केही पनि निष्कर्ष ननिस्किँदा यो इफोर्टको केही पनि अर्थ हुदैन । एचआइभी संक्रमणसम्बन्धी ऐनको ड्राफ्ट महाँ छ । त्यसलाई कसरि कार्यान्वयन गर्ने हो । त्यो हामी हामीलाई उपलब्ध गराउनुस् । त्यो ऐन अगाडि बढाउने स्वास्थ्य मन्त्रालय नै होला सायद । हामीलाई के गर्ने भनेर कन्टेन्ट चाहिएको छ । यो त अन्य संस्थबाट कार्यक्रम चलिरहेको छ । हाम्रो बजेटमा त यो शिर्षक नै छैन । बजेटमा सबै कुरा पारदर्शी हुनुपर्दछ । कसैले डोनेट गरेको पनि त्यो मानिसले मानवीय नाताले सहयोग गरेको हो नि । यहाँ त एनजिओको द्वन्द्व जस्तो देखिन्छ । लक्षित समूह अर्कै छ । एचआईभी संक्रमितलाई सहयोग गर्न ल्याइएको फण्ड हो नि त्यो त । त्यसैले एनजीओ पनि उहाँहरुले नै चलाए हुन्छ के मेरो विचारले । यो फण्डको लक्षित समूहले कसरी शतप्रतिशत उपलब्धी हासिल गर्नसक्छ त्यो व्यवस्था गरिनुपर्छ ।’


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?