Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

नीतिगत सुधार नभएकै कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन सकेनः सञ्चारमन्त्री गुरुङ


काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीतिगत सुधार नभएको कारण मुलुकको संस्थागत र संरचनागत विकास हुन नसकेको टिप्पणी गरेका छन्।

आईतवार काठमाडौंमा छैटौँ संस्करणको ‘डिशहोम १२खरी कथा प्रतियोगिता–२०८१’ को नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पञ्चायतकालका कानूनहरु रहेको उल्लेख गर्दै ति कानूनहरुकै कारण काम आफूले गर्दै आएको कामहरु परिणाममुखि नदेखिएको बताएका हुन् । पुराना भएका कानूनहरुलाई समयानुकुल बनाएर उत्पन्न समस्याहरुको समाधान निकाल्न जरुरी रहेको उनको भनाइ छ । उनले राज्यका संरचनाहरुको काम गर्ने क्षमता वृद्धि गर्न नसकेकै कारण सहकारीमा समस्या देखिएको बताए । उनले सहकारीलाई तीन खम्बे अर्थनीति प्रोत्साहन गरेको भएपनि त्यसको समयमै नियमन र अनुगमन गर्न नसक्दा समस्या देखिएको बताए । उनले विश्वमै सहकारीले महत्वपूर्ण भुमिका खेलेको देश नेपाल भनिएपनि सहकारीहरुको कार्यशैली, कार्यक्षमतामा सरकारले ध्यान दिन नसकेको बताएका छन् । उनले पुराना भएका कानूनहरुको संशोधन गरी समयानुकल बनाउन सरकार लागिपरेको बताए ।

उनले भने , ‘नीतिगत सुधार कहाँ कहाँ हुनुपर्ने हो ? गर्नुपर्छ । त्यो नीतिले पुगेन भन्ने लाग्छ मलाई । अहिले पनि हामी चाहेको कामहरु गर्न सक्दैनौं । मेरो मन्त्रालयको कुराकानी गर्ने हो भने त पञ्चायतकालीन ऐनहरु छन् अहिले पनि । त्यसलाई पनि हामीले समयानुकुल बनाउन सकेनौं । त्यसले हामीलाई काम गर्न बाधा दिइरहेको छ । । हामीले संरचनागत र संस्थागत क्षमता विकास नै गरेका रहेनछौं । हाम्रा संयन्त्रहरुले काम गर्ने क्षमता हामीले बढाएका रहेनछौं । हामीले विश्वमै सहकारीले भुमिका निर्वाह गर्ने देश नेपाल हो भनेर भन्यौं तर त्यो सहकराीको कार्यक्षमता, कार्यशैली र सरकारले ध्यान दिन नसकेको कारणले आज समस्या आएको छ । तीन खम्बे अर्थनीति भनेर सहकारीलाई हामीले एकदमै प्रोत्साहन दियौं तर त्यसलाई समयमै नियमन गरिएन । समयमै त्यो कामको अनुगमन गरिएन । सहकारीहरुलाई उत्पादन सहकारी बनाइएन । ऋण सहकारीका रुपमा सञ्चालन गरिए । सडकमा हिनेका मानिसहरु लखपति भए, लखपतिहरु करोडपति भएपनि राज्यले त्यसमा यथोचित ध्यान दिएको पाइएन । ’

यस वर्षको डिशहोम १२ कथा लेखन प्रतियोगितामा कथाकार विष्णु पादुकाको कथा ‘माग्युद् खोना’ले प्रथम पुरस्कार प्राप्त गरेको छ । यस्तै कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेको छ । क्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिष्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको लोकार्पण पनि गरेको छ ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?