Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

खेलकुदमा लगानी बढाउन सांसदहरुको जोड


काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरुले खेलकुद क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरुले खेलाडी र खेलकुदमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले जितेर आइसकेपछि खुशी हुने र स्याब्बासी दिनु भन्दा पहिला जित्नका लागि आवश्यक व्यवस्थापन गर्न लगानी बढाउनुपर्नेमा जोड दिए । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले देशभरका खेलकुद भौतिक पूर्वाधार बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सबैतिर बजेट छर्नु भन्दा एउटामा लगानी गरर समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले खेल जितेर आइसकेपछि खुशी हुने र बधाई दिने तर खेल जित्नका लागि लगानी नगर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।

उनले भने , ‘सबैतिर सबै क्षेत्रको खेलका बारेमा देशभरका प्रदेशमा भौतिक पूर्वाधार बन्नुपर्ने आवश्यकता हो । समस्या हुँदाहुँदै पनि जताततै छर्नु भन्दा एक ठाउँमा सम्पन्न ग¥यो भने सबैतिर लगाउनु भन्दा एक ठाउँमा काम सम्पन्न गर्नु राम्रो हुन्छ । फरक फरक खेलहरु छन् । काठमाडौंमा महिला खेलाडीले देशको शिर ठाडो बनाउनु भयो । दृष्टिबिहीन साथीहरुले खेल खेल्न जाँदा सरकारले सहुलियत गरेन र पछि अर्को बाटोबाट भएपनि खेलमा भाग लिएर सफलता प्राप्त गर्नुभएको कुरा छ । हामी जितेर आइसकेपछि खुशी हुने, देशको नाम राखिदिनु भयो भन्ने तर जित्नका लागि लगानी गर्ने कुरामा हामीले ध्यान दिन सकेका छैनौँ । एउटाले अर्कोलाई दोषारोपण गर्ने प्रवृत्ति छ ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले युवा तथा खेलकुद मन्त्रालयले युवाहरुको भन्दा बढी खेलकुदको क्षेत्रमा मात्रै काम गरिरहेको बताए । उनले समग्र युवाहरुको विकासका लागि नीति भएपनि कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् । उनले सिंगो मन्त्रालय नै खेलकुदमा केन्द्रित हुँदा पनि खेलकुदको स्थिति दयनिय रहेको उल्लेख गरे । उनले । हरेक विद्यालयमा एक खेल शिक्षकको व्यवस्था गरिने नीति कहाँ पुग्यो भनेर प्रश्नसमेत गरे ।

उनले भने , ‘हाम्रा बजेटहरु हेर्ने हो भने, हाम्रा छलफलहरुलाई हेर्ने हो भने खेलकुद मन्त्रालय मात्रै हो की जस्तो लाग्छ मलाई । युवा तथा खेलकुद मन्त्रालय हुनुपर्ने हो । युवाहरुको समग्र विकासका लागि नीति त छ तर एक्शनमा जाँदा र मनसिकतामा खेलकुद बढी नै रहेको छ । एउटा सिंगो मन्त्रालय खेलकुदमा केन्द्रित रहेको बेलामा पनि खेलकुदको स्थिति दयनीय छ । हरेक विद्यालयमा एक खेल शिक्षकको व्यवस्था गरिनेछ भनेर हामीले २०८०÷०८१ को नीति तथा कार्यक्रममा पास गरेका थियौँ । लागू भएको भए कति प्रतिशत भयो । सरकारसँग तथ्यांक होला ।’

राष्ट्रिय सभा सदस्य रेनु चन्दले खेलाडीहरुको दिगो व्यवस्थापन हुनेगरी काम गर्न सरकारलाई सुझाव दिईन् । खेलमा युवाशक्ति आकर्षित गर्न उसको लागि जागिर र भत्ताको कुरा ऐनमा नै समावेश गर्नुपर्ने बताएकी छिन् । उनीले खण्डहर रंगशालामा अभ्यास गराएर मेडलको आश गर्न नहुने बताएकी छिन् ।

उनले भनिन् , ‘खेलाडीहरुको दिगो व्यवस्थापन हुनेगरी हामीले काम गर्नुपर्छ । खेलमा युवाशक्ति आकर्षित गर्न उसको जब ग्यारेन्टी, उसको पेन्सनको कुरा ऐनमा लेखेरै आउनुपर्छ । जसले खेलाडी अलपत्र पर्दैन । खण्डहर रंगशालामा प्राक्टिस गराएर खेलाडले मेडल ल्याओस् भन्ने अपेक्षा कसरी राख्ने ? यत्तिका बाबजुद खेलाडीहरुले राम्रो खेल्नुभएको छ । मोबाइलले सबै चिज खायो । मोबाइलबट युवा जनशक्तिलाई टाढा राख्नसक्ने कुरा खेल नै हो ।’

समितिको बेठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितालाई प्रवद्र्धन गर्नेगरी नेपाल पाराओलम्पिक कमिटी र राष्ट्रिय पाराओलम्पिक कमिटी दुई वटा समितिहरु गठन भएकोप्रति आपत्ति जनाएका छन् । उनले अपाङ्गता भएका व्यक्तिहरुले नै नेतृत्व गरेको समिति हुँदाहुँदै अर्को समिति बनाएकोप्रति आपत्ति जनाए ।

उनले भने , ‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितालाई प्रवद्र्धन गर्नेगरी नेपाल पाराओलम्पिक कमिटी र राष्ट्रिय पाराओलम्पिक कमिटी दुई वटा समितिहरु गठन भएको छ । अपाङ्गता भएका व्यक्तिहरुले नै नेतृत्व गरेको समिति हुँदाहुँदै अपाङ्गता भएका व्यक्तिहरु पनि एक दुई जनालाई राखेर तर अन्य व्यक्तिहरुले त्यसको नेतृत्व गरेर त्यो समिति बनाइएको छ र त्यसैलाई आधारित बनाएर मन्त्रालयले विभिन्न तरिकाले कामहरु गरिरहेको छ । यो दुई वटा समिति किन छ । आधिकारिक कुन हो ? यो विवाद लेराउने काम किन भयो ? मन्त्रालयले यो विवाद टुंग्याउने काम किन गर्दैन ?’

राष्ट्रिय सभा सदस्य परियारले राष्ट्रिय खेलकुद समयमा नै हुन नसके मन्त्रालयले गरेको काम नै नदेखिने भन्दै समयमै राष्ट्रिय खेलकुद सम्पन्न गर्न सरकारसँग आग्रह गरेका छन् ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?