Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घट्यो


नोभेम्बर २२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १.३१ अर्ब अमेरिकी डलरले घटेर ६५६.५८२ बिलियन डलरमा पुगेको छ । देशको केन्द्रिय बैंकले सार्वजनिक गरेको आधिकारिक तथ्यांकले यस्तो देखाएको हो ।

विदेशी मुद्रा सञ्चितिको सबैभन्दा ठूलो घटक विदेशी मुद्रा सम्पती ३ अर्ब ४३ करोड डलरले घटेर ५६६.७९१ अर्ब डलर पुगेको भारतीय रिजर्भ बैंकले जनाएका छन् । तर समग्र सुनको सञ्चिति १ अर्ब ८२८ करोड डलरले बढेर ६७ अर्ब ५७३ करोड डलर पुगेको छ । अघिल्लो साता (नोभेम्बर १५ मा समाप्त भएको) मा भारतको विदेशी मुद्रा सञ्चिति १७.७६१ बिलियन डलरले घटेको थियो । जसलाई एक सातामा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट भनिएको थियो । सेप्टेम्बरमा ७०४.८८५ बिलियन डलरको सर्वकालीन उच्चमा पुगेको विदेशी मुद्रा सञ्चिति धेरै सातादेखि घट्दै गइरहेको थियो ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?