Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

उपनिर्वाचन हुने सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने राप्रपाको निर्णय


१३ चैत्र, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको उपनिर्वाचन हुने सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको हो।

त्यस्तै, सोही बैठकले निर्वाचन परिचालनका लागि बारा-२ मा वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता,उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर समेत तोक्ने निर्णय गरेको छ ।

पार्टीले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको छ। त्यसैगरी, जिल्लामा खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी समेत दिने राप्रपाले निर्णय गरेको छ ।

आगामी बैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको छ ।

राप्रपाको पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी बैशाख २९ र ३० गते बस्ने भएको छ ।

यस्ता छन् राप्रपाको सोमबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले गरेका निर्णयहरू,

१. आगामी बैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको तनहुँ-१, चितवन-२ र बारा-२ मा राप्रपाले आफ्नो उमेदवार खडा गर्नेछ । निर्वाचन परिचालनका लागि बारा-२ मा वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन-२ मा वरिष्ठ नेता,उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ-१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकिएको छ।

२. पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० बैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरि तय गरिएको छ।

३. हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी बैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ।

४. आगामी बैशाखदेखि सक्रिय सदस्यता वितरण अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ। यसक्रममा ०८० भित्र पार्टीमा दुई लाख सक्रिय सदस्य बनाउने लक्ष्य निर्धारण गरिएको छ ।

५. पार्टीको राजनीतिक लक्ष्य प्राप्ति र जनजीविकासंग सम्बन्धित विषयमा बैठकले आन्दोलनमा केन्द्रीत हुने गरि छलफल चलाएको छ। आन्दोलनका विषय र स्वरुप निर्धारण गर्न महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा महामन्त्री शरद पाठक र सह महामन्त्री झनक प्याकुरेल रहेको समिति गठन गरिएको छ ।

६. पार्टीले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको छ। यसरी जिल्लामा खटिने नेताहरूको कार्यक्षेत्र तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकले जिम्मेवारी प्रदान गरेको छ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?