Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक रु पाँच हजार माग


१३ चैत्र ,काठमाडौँ । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नं १४१ मा व्यवस्था गरेको मिर्गौला पीडितलाई डाइलासिसका लागि मासिकरूपमा रु पाँच हजार दिने व्यवस्था सबै स्थानीय तहमा कार्यान्वयनको माग गरिएको छ ।

श्री मिर्गौला पीडित सरोकार समाजले माइतीघर मण्डलामा आयोजना गरेको धर्नामा समाजका अध्यक्ष बलराम सुवेदीले सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको पीडितलाई सहयोग गर्ने विषय सात सय ५३ वटै स्थानीय तहमा कार्यान्वयनमा नआएकाले धर्नामा बस्नुपरेको जानकारी दिए ।

यो व्यवस्था हालसम्म करिब दुई सय स्थानीय तहले मात्र कार्यान्वयनमा ल्यएको पनि उनले सुनाए ।

यो बजेट पीडितलाई चालु आर्थिक वर्षमा नदिए फ्रिज हुन्छ । सरकारले चालु आर्थिक वर्षमा मिर्गौला पीडितलाई दिन रु एक अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।

त्यो बजेट सबै पीडितलाई सबै स्थानीय तहबाट तत्काल दिन सुरु गरिनुपर्ने समाजको माग छ ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?