Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

दोहोरो अङ्कले बढ्यो नेप्से


१३ चैत्र, काठमाडाैँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आज लघुवित्त समूह १७ दशमलव ०३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ । आज बैंकिङ समूह तीन दशमलव १४, विकास बैंक समूह ७६ दशमलव ८७, वित्त समूह ३२ दशमलव ६३, होटल तथा पर्यटन समूह ४७ दशमलव ५० र जलविद्युत् समूह ४३ दशमलव ५२ अङ्कले बढेको छ ।

त्यसैगरी लगानी समूह शून्य दशमलव ५२, उत्पादन समूह ९९ दशमलव ९८, म्युचुअल फन्ड शून्य दशमलव ०८, व्यापार समूह २५ दशमलव ९९ र अन्य समूह १४ दशमलव २६ अङ्कले बढेको छ ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड, एशियन हइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेसनल फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

हिमालय डिस्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै रू पाँच करोड ९० लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आइएमई बैंक प्रमोटर शेयरको दुई लाख ७४ हजार दुई सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?