Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान


१३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालयले तोकेको धराैटी रकम नबुझाएपछि उनीहरू जेल चलान भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार धराैटी बुझाएर रिहा हुने आदेश दिएको थियो । तर, उक्त रकम नबुझाएपछि उनिहरू जेल चलान भएका हुन् ।

गत मंगलबार बानेश्वरको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डविरूद्ध उनिहरूले नाराबाजी गरेका थिए । सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दा चलाएको थियो ।

सो दिन पक्राउ पर्नेहरूमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा रहेका छन् ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?