Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

मेयर बालेनविरूद्ध काठमाडाैँमा सुकुम्बासीहरूको विरोध प्रदर्शन


१३ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र(बालेन) शाहविरूद्ध प्रदर्शन भएको छ । मेयर शाहको विरूद्धमा काठमाडाैँको  नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।

संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीविरूद्ध प्रदर्शन भएको हो ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको बताएका छन् ।

उनले महानगरले भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठीबास लगाउने गतिविधि गर्दै गएमा कडा प्रतिक्रिया गर्ने समेत उल्लेख गरेका छन्  ।

गत शुक्रबार काठमाडाैँ महानगरले अनधिकृत संरचनाहरू हटाउन ७ दिने सुचना जारी गरेको थियो ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?