Trending
>>   सांसद पदबाट रवि लामिछाने निलम्वित >>   आज २०८१ साल पौष ९ गते मंगलबार ,हेर्नुहोस आजको राशिफल >>   स्वदेश फर्किइन् परराष्ट्रमन्त्री डा. आरजु राणा >>   अहिले काँग्रेसमा विचलन छः नेता कोईराला >>   युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौंः नेता रिजाल >>   पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन होः जनार्दन शर्मा >>   ‘संघ र प्रदेशसँग समन्वय नहुँदा वनका समस्या समयमा समाधान हुन सकेनन्’ >>   विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव >>   आत्महत्याका घटनालाई न्युनिकरण गर्न सरकार र केयुबीच सम्झौता >>   आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला
Logo
९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने


काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

देशभर आंशिक देखि साधारणतया बदली रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ

आगामी २४ घण्टामा कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।


प्रकाशित मिति: २० कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?