Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छः नेता सिटौला


काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गरे ।

उनले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गरे । उनले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न काँग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने बताए ।

उनले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पु¥याउनुपर्ने बताए । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले भने , ‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो । त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान । काँग्रेस पार्टीका साथीहरुले बढो गर्वका लागि राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि हामीले गरेको संघर्ष, आन्दोलन, क्रान्ति, जेजे छ, जेजे जान्नुहुन्छ, हामीले भन्दै जानुपर्छ । भन्न छोड्नु हुन्न । किनभनले देशको राजनीतिक फाउण्डेशन हाम्रै नेतृत्वमा बनेको छ । देशको विकासमा हामीले जे जति काम गरेका छौँ । गरेका राम्रा कुराहरु भन्दै जानुपर्छ, भन्न छोड्नुहुन्न । तर यो पनि होइन की पर्याप्त गरिसक्यौँ भन्ने होइन । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ । कानून बनाउन, योजना निर्माण गर्न धेरै काम बाँकी छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम बाँकी छ । तर जे जति गरेका छौँ, हामीले नै गरेका छौँ । नेपाली काँग्रेस पार्टीले गर्न सकेन भने कुनै पार्टीले गर्ने लक्षण देखाएको छैन ।’

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताएका छन्


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?