Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव


काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताएका छन्  ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् ।  उनले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गरे  ।

उनले  सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महशुस आफूले गरेको बताए ।  उनले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महशुस हुने बताए  ।

उनले  लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताए  ।

उनले  भने , ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा चुनाव भएको छ । आधा भन्दा बढी जनसंख्या भएका ठाउँहरुमा चुनाव भएको छ, यो २०२४ सालमा । अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ । संसारमा डेमोक्रेसीको क्षयिकरण भइरहेको छ । सुन्दाखेरी नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ । जबकी लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो ।’

प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताएका छन्  ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?