Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

विश्वमै प्रजातन्त्रको क्षयिकरण भइरहेको छः प्रथम राष्ट्रपति यादव


काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयिकरण भइरहेको बताएका छन्  ।

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् ।  उनले संसारमा २०२४ मा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा निर्वाचन भएको स्मरण गरे  ।

उनले  सबैकुरालाई नियाल्दा प्रजातन्त्रको क्षय भइरहेको महशुस आफूले गरेको बताए ।  उनले अमेरिकामा राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको भन्दै ३५ वटा बढी मुद्दा लागेको व्यक्ति राष्ट्रपति बन्नुले पनि प्रजातन्त्रको क्षय भइरहेको महशुस हुने बताए  ।

उनले  लोकतन्त्रका लागि लडेको ६० वर्ष भन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्दा दुःख लाग्ने गरेको बताए  ।

उनले  भने , ‘संसारमा ठूलो ठूलो प्रजातान्त्रिक देशहरुमा चुनाव भएको छ । आधा भन्दा बढी जनसंख्या भएका ठाउँहरुमा चुनाव भएको छ, यो २०२४ सालमा । अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ । संसारमा डेमोक्रेसीको क्षयिकरण भइरहेको छ । सुन्दाखेरी नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नेकुरा भन्नु र सुन्नु परिरहेको छ । जबकी लोकतन्त्रकै लागि लड्दा लड्दा ८३ वर्ष भइसक्यो ।’

प्रथम राष्ट्रपति यादवले संसारमा मानव सभ्यतामा संकट निम्तिरहेको बताएका छन्  ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?