Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

वर्षा भएपछि किसान उत्साहित


१३ चैत्र, ताप्लेजुङ। लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगे ।

कात्तिकको तेस्रो सातादेखि उनि प्राय अलैँची बगनामै बिहानदेखि बेलुकासम्म अलैँची बगानमै व्यस्त हुने गरे पनि गत सातादेखि दैनिकजसो साँझ–बिहान वर्षा भएसँगै उनलाई फुर्सत मिलेकाले अहिले सदरमुकाम आएका हुन् । सोही गाउँका बसन्त फेम्बू पनि अहिले फुर्ददिलो हुनुभएको छ । नियमित वर्षा हुन थालेसँगै पानी पटाउन नपरेकाले आफूलाई पनि फुर्सत मिलेको उनले बताए ।
पहाडी क्षेत्रका किसान अहिले अन्न छर्न व्यस्त छन् । विशेष गरेर फागुन तेस्रो सातादेखि वैशाखसम्म मकै रोप्ने गरिन्छ। पहाडी क्षेत्रको मुख्य बाली मकै हो ।

मकै रोप्ने समय साँझ बिहान वर्षा हुन थालेसँगै यहाँका किसानमा ठूलो राहात मिलेको सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खेका रणबहादुर लिम्बूले बताए । उनले भने,“मकै रोप्ने समयमा वर्षा हुनथालेको छ । यसवर्ष राम्रो अन्न उत्पादन होलाजस्तो छ ।” लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएपछि चिन्तित हुनुभएका मेरिङदेन गाउँपाकिाका–६का विमना लिम्बू पनि वर्षा भएकाले अहिले भने उत्साहित भएका छन् ।

लामो समयसम्म सुख्खा मौसम रहेसँगै पछिलो समयमा वर्षा हुन सुरु भएकाले यहाँका किसान भने खुशी भएका छन् । हिउँदेबालीमा सिँचाइ पुगेकाले अन्न उत्पादनमा कमी नहुने फक्ताङलुङ गाउँपालिका–६ विर्ख लिम्बूको भनाइ थियो । लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली लगाउन किसान निकै चिन्तित भएकामा अलिक ढिलो भए पनि वर्षा भएकाले चिन्ता उत्साहामा रुपान्तरण भएको किसान उनले बताए । लामो समयसम्म हिमपात र वर्षा नहुँदा पशुचौपायको आहारामा समेत समस्या हुँदै आएको थियो । सुख्खा समयमा घाँसपात सबै सुकेर गएसँगै पशुपालकहरुलाई सास्ती खेप्नु परेको थियो ।

विगतका वर्षहरुमा समयमै हिमपात र वर्षा भएकामा यस वर्ष भने हिमाली क्षेत्रमा खासै हिमपात र वर्षा पनि भएन । हिमपात र वर्षा नहुँदा चौँरी–याक पालकलाई निकै चिन्ता भएको याक पालक फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँका ढावा शेर्पाले बताए । उनले भने “हिमपात र वर्षा नहुँदा याकका लागि चरनसमेत अभव हुँदै गएको थियो । पानीका मूलसमेत सुक्ने हो की भन्ने चिन्ता लागेको थियो तर अगाडिको जस्तो हिउँ यसपाली परेन ।” वर्षा हुन थालेसँगै हरियो घाँसपात उम्रने भएकाले पशुपालक पनि उत्साहित भएका हुन् । पछिल्लो समय वर्षा हुन थालेसँगै धुलाम्मे बाटोमा यात्रा गर्ने यात्रुहरुलाई सास्तीखेप्नु नपरेको गाडी चालक ज्ञानेन्द्र केदेमले बताए ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?