Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

४६ सालको जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा पर्योः प्रकाशमान सिंह


१३ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरे ।

कार्यक्रममा उनले भने, ‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरुले दिएको हामीले पाएका छौं । तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ । हाम्रा आदरणीय संस्थापक नेताहरुले देखाएको बाटोमा कतिको हामीले ध्यान दिन सकेका छौं, त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ ।’

कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम गरेको स्मरण गरे ।

सपना राजभण्डारीले नविन्द्रराज जोशीको शालिक बनाएर राम्रो काम गरेको भन्दै उनले शालिकको उचित स्याहार सम्भार गर्न टोलबासीलाई सुझाव समेत दिए ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?