Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जापानमा कोभिड–१९ सम्बन्धित मस्तिष्कजन्य रोगबाट १० प्रतिशतभन्दा बढी बालबालिकाको मृत्यु


१३ चैत्र, एजेन्सी। जापानको स्वास्थ्य मन्त्रालयको एक अध्ययन टोलीले हालै सार्वजनिक गरेको राष्ट्रिय सर्वेक्षणको निष्कर्षमा कोभिड–१९ को सङ्क्रमणपछि मस्तिष्कसम्बन्धी कडा रोगका लक्षण भएका १० प्रतिशतभन्दा बढी जापानी युवाको मृत्यु भएको देखिएको छ ।

सन् २०२० को जनवरीदेखि सन् २०२२ को मे महिनासम्म गरिएको सर्वेक्षणमा १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमणसँग जोडिएको मस्तिष्कसम्बन्धी तीब्र असन्तुलनका ३४ वटा घटना फेला परेका थिए ।

उक्त टोलीले मस्तिष्कमा क्षति पुर्याएको हुन सक्ने कुनै पनि अवस्था भएका ३१ जना बिरामीको अध्ययन गरेको थियो । ती ३१ जना बालबालिकामध्ये १९ जना पूर्ण रुपमा निको भए, तर तीमध्ये चार जना निको भएनन् र अन्य आठ जनामा समस्या देखिएको छ ।

आठजनामध्ये पाँच जनालाई गम्भीर नकारात्मक असर देखिएको र बेहोस भएको बताइएको छ ।

सर्वेक्षणका अनुसार लगभग आधा बिरामीमा भएको वेहोस, चेतनामा ह्रास आउनु र बोली वा व्यवहारमा आएको परिवर्तन मुख्य प्रारम्भिक लक्षणहरू थिए ।

सन् २०२२ को जनवरी वा त्यसपछि ओमिक्रन कोरोना भाइरसको लहर सामान्य भएपछि अधिकांश व्यक्तिले तीव्र तीब्र असन्तुलनको अनुभव गरेका थिए ।

सन् २०२२ भन्दा अघि र पछि मस्तिष्कमा लक्षण देखिएका कोभिड–१९ सङ्क्रमण भएका बालबालिकाको अनुपातमा भने कुनै उल्लेखनीय भिन्नता नदेखिएको र ओमिक्रनले मस्तिष्कको रोगलाई प्रकट हुने सम्भावना बढी बनाएको हुन सक्ने अध्ययनले देखाएको छ ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?