Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने


१३ चैत्र, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्धको जबरजस्ती करणीको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ।

जिल्ला अदालत, काठमाडौँमा आज साेमबार अन्तिम सुनुवाइकाे लागि उनको मुद्दामा पेशी तोकिएको हो ।

सर्वाेच्च अदालतले ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन आदेश दिएपछि आजलाई अन्तिम सुनुवाइको पेशी तोकिएको जानकारी दिइएको छ । यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो । उक्त सुनुवाइमा पिडीतलाई  अन्तरिम राहत दिन नपर्ने आदेश दिइएको थियो ।

लामिछानेविरूद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?