Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा


१३ चैत्र ,पर्वत । पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन । गत वर्षदेखि जिल्लाका १३ स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो ।

विभिन्न समस्यामा परेका किशोर–किशोरीलाई स्वस्थ्य सेवा परामर्शमार्फत समाधान गर्नका लागि यो कार्यक्रम सञ्चालन सुरु गरिए पनि दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचना तथा सञ्चारको अभावले कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको हो ।

पछिल्लो समय किशोर–किशोरीमा मानसिक समस्या, लागुऔषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्याको समस्या बढ्दै जाँदा समाजमा विभिन्न घटना घट्दै गएका छन् । स्वास्थ्य संस्था र विद्यालयको बीच आवश्यक समन्वय र सहकार्य नहुँदा पनि किशोर–किशोरीमा यस्ता समस्या बढ्दै गएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

उचित समयमा परामर्श भएमा खतराबाट मुक्त हुन सक्ने परामर्शताको भनाइ रहेको छ । जिल्लामा हाल १० देखि १९ वर्षसम्मका करिब २१ हजार किशोर–किशोरी रहेको तथ्याङ्क छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा २० वर्षमुनिका आठजनाले आत्महत्या गरेका छन् भने दुई जना लागुऔषधमा पक्राउ परेका छन्।

त्यसैगरी जिल्ला अस्पतालको तथ्याङ्कअनुसार २० वर्षमुनिका २६ किशोरीले गर्भपतन सेवा लिएका छन् । किशोरीलाई घरपरिवारबाट समय मानै उचित परामर्श सेवा सेवा दिनसकेमा पनि केही समस्या घट्न सक्ने स्वास्थ्य कार्यालयको भनाइ रहेको छ ।

किशोर–किशोरीको भविष्यसँग जोडिएको स्वास्थ्य सेवामा अन्य सङ्घसंस्थाको भूमिकासमेत न्यून रहेको पाइएको छ । विभिन्न सङ्घसंस्थाले यो कार्यक्रमलाई प्रभावकारी गराउन पहल गरेमा किशोर–किशोरीमा देखिने समस्य तथा हुनसक्ने घटना न्यूनीकरण हुने जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकले बताए ।

स्वास्थ्य कार्यालयले आयोजना गरेको किशोर–किशोरीमैत्री स्वस्थ्य सेवा समीक्षा कार्यक्रममा उनले किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम गाउँ तहसम्म पुर्याउनुपर्ने तथा विशेष गरी विद्यालयमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

किशोर–किशोरीलाई सेवा दिँदा गोपनीयता र विश्वसनीयताको अभावमा पनि कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै सेवा प्रदान गर्दा संवेदनशील हुनपर्नेमा जोड दिए । उनले आगामी दिनमा कार्यक्रम सञ्चालन गर्दा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?