Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

चाडवाडको समयमा पैठारी गरिएको न्युनगुणस्तरको ८५ ,००० के. जी. चामल निर्यात गर्ने देशमै फिर्ता


काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गणुस्तर प्रमाणिकरण कार्यालय,नेपालगन्जले परिक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्याधिक भएको र सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले आयात गर्न नमिल्ने ८५,००० के.जी.चामल कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको छ।

चाडवाडको समयमा नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायिक प्रयोजनका लागी भारतबाट पैठारी गरी भन्सार नाकामा ल्याइएको ८५,००० के.जी.चामल नेपालगन्ज एकीकृत जााँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गणुस्तर प्रमाणिकरण कार्यालय,नेपालगन्जले परिक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा अत्याधिक भएको र सरकारले सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई पठाएको प्रतिवेदनको आधारमा उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको हो ।

हाल खाद्य प्रविधि तथा गणु नियन्त्रण विभाग अन्तर्गत भन्सार नाका स्थित १२ वटा खाद्य आयात निर्यात गणुस्तर प्रमाणिकरण कार्यालयहरु : कााँकडभित्ता, रानी विराटनगर, जलेश्वर,विरगंज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गठ्ठाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल काठमाडौंका प्रयोगशालाहरु बाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गणुस्तर परीक्षण तथा नियमन कार्य नियमत रुपमा गर्दै आईरहेको छ।

खाद्य स्वस्छ्ता तथा गणुस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदर्था पैठारी गर्नु अघि विभागले वा विभागले तोकेको कार्यालय बाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नु आघि विभाग वा विभागले तोकेको कार्यालय बाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । सो बमोजिम नगरेमा ऐन बमोजिम कारबाही हुने व्यहोरा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीलाई जानकारी गराएको छ।

पैठारी गरिएको न्यूनस्तर चामल फिर्ता भएको सम्वन्धी प्रेस नोट_30_06_2081 (1)

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?