Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कैलालीमा विद्युत् अनियमित हुँदा नागरिकलाई समस्या


१३ चैत्र ,कैलाली। कैलालीमा विद्युत् अनियमित हुँदा नागरिकलाई समस्या भएको छ । पछिल्ला दिनमा पटकपटक बत्ती झ्याप्पझ्याप्प जान थालेको छ । यसबाट मेसिनरी सामान बिग्रन थालेका छन् भने विद्यार्थीलाई समेत समस्या भएको छ ।

माध्यामिक शिक्षा परीक्षा (एसइई) को तयारीमा रहेकी टीकापुरकी सीमा खत्री साँझको समयमा जाने बिजुलीका कारण समस्यामा परेको बताइन्‌ । “परीक्षा नजिकिँदै छ । यो बेला साँझपख विजुली नगए पनि हुन्थ्यो तर विजुली गइरहँदा अध्ययनमा समस्या भएको छ”, उनले भनिन्‌, “हरेक दिन साँझ अध्ययन गर्ने समयमा बत्ती हुँदैन । लाइन जाने भएमा विद्युत् कार्यालयले सूचना दिनुपर्छ तर विना सूचना पटक–पटक दिनमा पाँच पटकभन्दा बढी बत्ती जाने गरेको छ ।”

अनियमित बत्तीले घरका मेसिनरी सामानसमेत बिग्रन थालेका छन् । बत्ती अनियमित हुँदा जानकी गाउँपालिकाको मुनुवाकी आशा भुलका घरका बत्ती, पङ्खालगायतका सामान बिग्रिएका छन् । “बत्ती झ्याप्पझ्याप्प जाने आउने हुन्छ, घरका मेसिनरी सामान बिग्रिए, गरिरहेको काम अबरुद्ध हुन्छ”, उनले गुनासो गरिन्‌, “साँझको समयमा बढी बत्ती जान्छ ।” समय समयमा विद्युत् लाइन कट्दा टीकापुरका कृष्णलाल शर्मा पनि दिक्क छन्‌ ।

उनि साँझ खाना पकाउने, खाना खाने समयमा पटक पटक विद्युत् जाँदा थप समस्या भएको बताउछन्‌ । “कहिलेकाहीँ दुईदेखि तीन घण्टासम्म बत्ती आउँदैन । एक/दुई दिन भए पनि गुनासो नगर्नु । विद्युत् अनियमित भएको महिनौँ भइसक्यो ।” गर्मी याम सुरु भएकाले विद्युत् अनियमित हुँदा झन समस्या भएको नागरिकको गुनासो छ । सरस्वती धानुक पनि सबै नागरिकलाई समस्या भइरहेको बताउछिन्‌ ।

उनि बत्ती काट्दा सूचना दिनुपर्ने भए पनि सूचनाबिना पटक–पटक बत्ती काट्दा निकै समस्या भएको बताउछिन्‌ । “सेवा प्रदायकले सेवा अबरुद्ध हुँदा सूचना दिनुपर्ने हुन्छ । तर विद्युत् कार्यालयले सूचना दिन आवश्यक ठानेको देखिँदैन”,उनि भन्‍छिन्‌, “उपभोक्ताको अधिकारबारे ध्यान दिनुपर्छ । विद्युत् अनियमित हुँदा सबैलाई मर्का परेको छ।”

विद्युत् प्राधिकरण वितरण केन्द्र शाखा कार्यालय टीकापुरले गर्मी सुरु भएकाले गर्मीको समयमा समस्या नआवस भनी फागुन महिनादेखि सुधारका काम भइरहेका जनाएको छ । कार्यालय प्रमुख माधव महत मर्मत अझै एक डेढ महिना चल्ने जनाउँदै मर्मतका क्रममा बत्ती काट्नु, जोड्नु परिरहेको बताउछन्‌ ।

“मर्मत भइरहेको क्षेत्रमा केही समय विद्युत् अवरुद्ध हुने गरेको हो । बर्खायाममा विद्युत् आपूर्तिमा समस्या नहोस् भनी मर्मत गर्नुपर्ने ठाउँमा मर्मतको काम भइरहेको छ”, उनले भने, “अझै करिब डेढ महिना मर्मतको काम चल्नेछ । यो समयमा बिजुली बन्द गर्नु हाम्रो बाध्यता हो ।”


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?