Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

टीकापुर साहित्य महोत्सव हुँदै


१३ चैत्र ,टीकापुर । कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ । यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले टीकापुरको सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे। “साहित्य महोत्सव टीकापुरको गौरव हुनेछ । टीकापुरले यो महोत्सवबाट अर्को महेशविक्रम जन्माउनेछ”, उनले भने, “महोत्सवले टीकापुर कुनै कुरामा कमी छैन भन्ने सन्देश दिनेछ । यहाँका सम्भावना र राम्रा पक्षको प्रचार गर्नुपर्छ ।”

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले सुदूरपश्चिम प्रदेशका सबै सम्भावनालाई साकार पार्न सबै लाग्नुपर्ने बताए । उनले नेपाली भाषा र साहित्यको उर्वर भूमि सुदूरपश्चिमको दक्षिणपूर्वी क्षेत्र कर्णाली नदीको किनारमा रहेको टीकापुरमा साहित्य आयोजना लागेको बताए ।

उनले राजा महेन्द्रले आारोग्यता प्राप्त गरेको भूमि टीकापुरमा नेपाली साहित्यकारको ठूलो जमघट हुन लागेको जानकारी दिए । “महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाबारे छलफल हुनेछ”, उनले भने, “महोत्सवले भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता र सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्य क्षेत्रसँग सम्बन्धित एक सय ५० जना वक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारका प्रस्तुति रहनेछन् ।”

साहित्य महोत्सवमा रु ४० लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रममा रु एक लाखको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कारसमेत प्रदान गरिने भएको छ । रु ७५ हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कवि पुरस्कार, रु ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार (सुदूरपश्चिमका प्रतिभालाई) प्रदान गरिने र रु २५ हजार राशिको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने छन् ।यी पुरस्कार हरेक वर्ष प्रदान गरिने बताइएको छ ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?