Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा


इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ ।

मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा चुँडिएको सडक पुनःनिर्माणपछि आज मङ्गलबार बेलुका ६ बजेदेखि सञ्चालनमा आएको हो । अवरुद्ध राजमार्गको अवरोध हटाएपछि मङ्गलबारदेखि चार पाङ्ग्रे साना र दुई पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए । चार पाङ्ग्रे ठुला सवारी साधन र मालवाहक साधन भने बुधबार दिउँसो सडकको अवस्था विचार गरेर मात्र सञ्चालनमा ल्याउने उनले बताए ।

“सडक पुनःनिर्माणपछि अहिले साँझ ६ बजेदेखि साना सवारी साधन सञ्चालन गर्न दिएका छौँ, ठुला सवारी साधनको हकमा भने भोलि दिउँसो सडकको अवस्था बुझेर मात्र सञ्चालन गर्न दिइनेछ,” प्रमुख ढकालले भने, “राजमार्ग सञ्चालनमा आएसँगै बिच बाटोमा रोकिएका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।” उनले राजमार्ग अन्तर्गतको इलाम–राजदुवाली खण्डमा भएको सडक अवरुद्ध सबै सफा पारिसकिएको र सवारी आवातजावत सहज भइरहेको बताए । चार दिनसम्म लागेर सडक डिभिजन कार्यालय इलामले बाटो खुलाएको हो । पहिरोले चुँडाएको सडकमा ग्याबिङ जालीसहितको वाल लगाएर एवं माथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाएको हो ।

पहिरोले सडक चुँडिएपछि गत शुक्रबार दिउँसो ४ बजेदेखि मेची राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आउजाउ गर्ने सयौँ सवारी साधन माईखोला वारी र पारीबीच बाटोमै रोकिएका थिए । माईखोला पारीका सवारी साधनले माईखोलासम्म यात्रु ल्याउने र वारीका सवारी साधनले वारीसम्म यात्रु लैजाने गर्दै आएका थिए । सडक सञ्चालन भएसँगै अहिले सबै गन्तव्यतर्फ लागेका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?