Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

गाउँमै स्थापना भयो नुन डिपो


१२ चैत्र ,मान्म । कालीकोटको पचालझरना गाउँपालिका–८ को भैसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको हो । आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरिएको पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताए। “आयोडिनयुक्त नुन ल्याउनका लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो”, उनले भने, “अब सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।”

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जिल्ला शाखाको सहकार्यमा गाउँमा नै नुन डिपोको स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए ।

“आयोडिनयुक्त नुन ल्याउनका लागि यहाँबाट सदरमुकाम जान र आउनका लागि कम्तीमा रु तीन हजार खर्च हुने गरेको थियो । त्यहाँ गएर पनि एकजनाले पाँच किलो मात्र नुन पाउने गर्नुहुन्थ्यो”, उनले भने, “प्रतिकिलो नौ रुपैयाँ पर्ने नुनका लागि ल्याउन जाँदा खर्च बढी हुने गरेकामा अब त्यो हट्ने भएको छ ।”

पचालझरना गाउँपालिकाको लामो प्रयासपछि पालिकाको स्थानीयलाई बीच ठाउँमा डिपो स्थापना गरिएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?