Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिसको दोस्रो जित, गण्डकी थन्डर्सको दोस्रो हार


काठमाडौँ । कर्णाली एसभिसले मंगलवार गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकाल्दै जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो सफलता प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जितसँगै लिगमा दोस्रो सफलता प्राप्त गरेको हो । गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन नसक्दा लगातार दोस्रो हार सामना गर्नुप¥यो । सरस्वती चौधरीको कप्तानीमा रहेको गण्डकीले पहिलो २५–१५ ले सहजै आफ्नो बनाउँदै कर्णालीमाथि हाबी हुने संकेत गरेको थियो । तर कर्णाली लयमा फर्कियो । कर्णालीले यो सेट २५–२२ ले रोमाञ्चक जित निकाल्दै बराबरी ग¥यो । कर्णाली यो सेट जितसँगै उत्कृष्ट लयमा फर्कियो ।

ग्रिसकी अपोजिट हिटर एथानासिया लिएगकी चम्किएपछि लयमा तेस्रो सेट पनि आफ्नो बनाउन सफल भयो । तेस्रो सेट कर्णाली एसभिसले २५–१७ ले सहजै आफ्नो आफ्नो पक्षमा गण्डकीमाथि पूर्ण दबाब बनायो । तर चौथो सेटमा कर्णाली डिफेन्ससँगै तालमेल बिगा¥यो । यससँगै गण्डकीले त्यसको फाइदा लिँदै चौथो सेट २५–१९ ले आफ्नो बनायो । यससँगै सेटमा २–२ को बराबरी भएपछि खेलको निर्णयका लागि पाँचौं तथा निर्णायक सेटमा धकेलियो । यो सेटमा कर्णाली एसभिसले सुरुआती देखि नै दबाब बनाउँदा १०–५ को अग्रता बनायो ।

तर गण्डकीले पटकपटक पुनरागम गर्ने संकेत गरे पनि सफल हुन सकेन । यो सेट पनि कर्णाली १५–१२ ले आफ्नो बनाउँदै रोमाञ्चक जित निकाल्यो । जितसँगै कर्णाली एसभिसले दुई खेलबाट पाँच अंक बटुल्यो । दोस्रो खेलमा हारका बाबजुद गण्डकी थन्डर्सले एक अंक बटुलेको छ । यसअघि पहिलो दिन ललितपुर क्विन्स र चितवन शक्तिले पनि समान एक खेलमा जित निकालेका छन् ।  प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्ट र १२ स्वदेशीसहित कुल १७ खेलाडी छन् । सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्र्रश्तुत गरिरहेका छन् । प्रत्येक टोलीले एकआपसमा खेलेपछि लिगका शिर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?