Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एभरेस्ट महिला भलिबलः कर्णाली एसभिसको दोस्रो जित, गण्डकी थन्डर्सको दोस्रो हार


काठमाडौँ । कर्णाली एसभिसले मंगलवार गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकाल्दै जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो सफलता प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जितसँगै लिगमा दोस्रो सफलता प्राप्त गरेको हो । गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन नसक्दा लगातार दोस्रो हार सामना गर्नुप¥यो । सरस्वती चौधरीको कप्तानीमा रहेको गण्डकीले पहिलो २५–१५ ले सहजै आफ्नो बनाउँदै कर्णालीमाथि हाबी हुने संकेत गरेको थियो । तर कर्णाली लयमा फर्कियो । कर्णालीले यो सेट २५–२२ ले रोमाञ्चक जित निकाल्दै बराबरी ग¥यो । कर्णाली यो सेट जितसँगै उत्कृष्ट लयमा फर्कियो ।

ग्रिसकी अपोजिट हिटर एथानासिया लिएगकी चम्किएपछि लयमा तेस्रो सेट पनि आफ्नो बनाउन सफल भयो । तेस्रो सेट कर्णाली एसभिसले २५–१७ ले सहजै आफ्नो आफ्नो पक्षमा गण्डकीमाथि पूर्ण दबाब बनायो । तर चौथो सेटमा कर्णाली डिफेन्ससँगै तालमेल बिगा¥यो । यससँगै गण्डकीले त्यसको फाइदा लिँदै चौथो सेट २५–१९ ले आफ्नो बनायो । यससँगै सेटमा २–२ को बराबरी भएपछि खेलको निर्णयका लागि पाँचौं तथा निर्णायक सेटमा धकेलियो । यो सेटमा कर्णाली एसभिसले सुरुआती देखि नै दबाब बनाउँदा १०–५ को अग्रता बनायो ।

तर गण्डकीले पटकपटक पुनरागम गर्ने संकेत गरे पनि सफल हुन सकेन । यो सेट पनि कर्णाली १५–१२ ले आफ्नो बनाउँदै रोमाञ्चक जित निकाल्यो । जितसँगै कर्णाली एसभिसले दुई खेलबाट पाँच अंक बटुल्यो । दोस्रो खेलमा हारका बाबजुद गण्डकी थन्डर्सले एक अंक बटुलेको छ । यसअघि पहिलो दिन ललितपुर क्विन्स र चितवन शक्तिले पनि समान एक खेलमा जित निकालेका छन् ।  प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की, तीन विदेशी, एक ट्यालेन्ट हन्ट र १२ स्वदेशीसहित कुल १७ खेलाडी छन् । सबै टोलीमा गरेर कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको लिगमा आफ्नो खेल कौशलता प्र्रश्तुत गरिरहेका छन् । प्रत्येक टोलीले एकआपसमा खेलेपछि लिगका शिर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् । उपाधि भिडन्त आगामी अक्टोबर ५ मा हुनेछ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?