Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा लिगमा वागमतीको दोस्रो जित


काठमाडौँ। घानाकी स्ट्राइकर गिफ्टी एचेयमोङको गोल नै निर्णायक बनेपछि वागमती युवा क्लवले जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्दै शीर्ष पांचको सम्भावना जीवन्त राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतवार कर्णाली प्रदेशमाथि १–० को साँघुरो जित निकाल्दै वागमतीले लिगको शिर्ष पांच सम्भावना कायमै राखेको हो । बराबरीतर्फ उन्मुख खेलमा वागमतीले इन्जुरी समयमा गोल गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो । यो जितपछि सात खेलबाट वागमती सात अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । वागमती पांचौं स्थानको कोशीभन्दा तीन अंकले मात्र पछि छ । कोशीको पनि सात खेलबाट सात अंक छ ।

यता कर्णाली प्रदेशको भने हारपछि शीर्ष पांचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । जारी एन्फा महिला लिगमा दोस्रो जित निकाल्ने लक्ष्यसहित वागमती र कर्णाली मैदान उत्रिएका थिए । खेल बराबरीको नतिजा उन्मुख पनि थियो ।

लिगमा सुखद् शुरुवात गरेको बागमतीले त्यसपछिका खेलमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर, आईतवार अन्तिम समयमा गोल गर्दै दोस्रो जित निकाल्न सफल भयो । यता लगातार चार हारको श्रृंखला अन्त्य गर्दै पछिल्लो खेलमा जित निकालेको कर्णाली वागमतीविरुद्ध पनि त्यसलाई निरन्तरता दिने लक्ष्यमा थियो । तर अन्तिम समयमा समालिन सकेन । यो हारपछि कर्णाली ७ खेलबाट चार अंकका साथ नवौं स्थानमा यथावत छ । पहिलो हाफमा दुवै तर्फबाट प्रयास भएपनि गोल हुन सकेन ।

दोस्रो हाफमा पनि वागमति र कर्णालीले अवसर बुने । तर वागमतीले मात्र अन्तिम समयमा सदुपयोग गर्नसक्यो । त्यसअघि कर्णालीले गोल ७३ औं मिनेटमा अग्रता लिने अवसर गुमायो । वर्षा ओलीले वागमतिकी गोलकिपर सुजता तामाङसककंग वान भर्सेस वानमा गोल गर्ने अवसर गुमाएकी हुन् ।

८३ औं मिनेटमा पनि बागमतिले गोल गर्ने अवसर खेर फाल्यो । इन्जुरी समयमा अस्मिता खवास गोल किपरसँग वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपछि फेरि वागमती असफल भयो । तर थप समयको पांचौ मिनेटमा गिफ्टीले गोल गर्दै बागमतिलाई जित दिलाइन् । सुनिता भुलानको उत्कृष्ट पासमा गिफ्टीले कर्णालीकी गोलकिपर लिला जोशीसककंग वान भर्सेस वानमा गोल गरेकी हुन् ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?