Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

युक्रेनले सन् २०२३ मा ४ करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने


१२ चैत्र, एजेन्सी। युक्रेनले सन् २०२३ मा चार करोड ५० लाख टन खाद्यान्न उत्पादन गर्ने बताएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले यो बर्ष युक्रेनले चार करोड ५० लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गर्ने लक्ष्य राखेको बताएका हुन् ।

“युक्रेनलाई आबश्यक खाद्यान्न अघिल्लो वर्षजस्तै यस वर्ष पनि पूर्ण रूपमा उपलब्ध गराइनेछ,” इश्मिहाललाई उद्धृत गर्दै सरकारी प्रेस सेवाले जनाएको छ ।

“युक्रेनको गहुँ बाली लगभग ६० लाख टनको घरेलू खपत को साथ यस वर्ष एक करोड ६० लाख ६० हजार टन अनुमान गरिएको छ,”उनले भने ।

युक्रेनी सरकारले किसानहरूलाई जारी वसन्त ऋतुको रोपाइँ अभियानलाई सुचारु रूपमा सञ्चालन गर्न मद्दत गरिरहेको उनले बताए ।

युक्रेनको कृषि मन्त्रालयका अनुसार गत वर्ष युक्रेनका किसानले पाँच करोड ३९ लाख टन खाद्यान्न र गेडागुडी उत्पादन गरेका थिए ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?