Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आज मिति २०८१ साल असोज ०२ गते बुधबार, हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल असोज ०२ गते बुधबार ( 18  sep, 2024)  भाद्र शुक्लपक्ष पूर्णिमा ०८:४३ बजेसम्म, त्यसपछी प्रतिपदा

मेष – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ ।

बृष – व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ ।

मिथुन – स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ

कर्कट – व्यापार व्यावसायमा लगानी गरी मनग्य नाफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ ।

सिंह –नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुदा मानशिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ ।

कन्या –वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ ।

तुला – राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईंको कमजोर उपस्थितिको फाइदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला ।

बृश्चिक – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्याक्तित्त्वहरु सामु तपार्ईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु – व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । गोप्य कुरा बाहिर आउने अधिक सम्भावना रहेको छ

मकर – वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ ।

कुम्भ – राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकता पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मीठामीठा कुरा गरी समय व्यतित गर्न सकिनेछ ।

मीन – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?