Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई


१२ चैत्र ,काठमाडौँ । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ ।

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार सहित सम्मानपत्र रहेको छ ।

यही चैत मसान्तभित्र केन्द्रकै वार्षिक प्रकाशन ज्ञानविन्दु अङ्क १४ समेतको लोकार्पण समारोहमा उनलाई अर्पण गरिने केन्द्रले जनाएको छ ।

सो पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी र पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसकेका केन्द्रले जनाएको छ ।

स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयका ज्ञाता थिए भने स्व नन्दकुमारी उनकी धर्मपत्नी थिईन्‌ ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?