Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

नयाँ थाई प्रधानमन्त्रीद्वारा आर्थिक समस्याहरू समाधान गर्ने योजना प्रश्तुत


काठमाडौं। थाइल्याण्डका नयाँ प्रधानमन्त्री प्यातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारको नीतिगत प्राथमिकता जानकारी गराएका छन्  । आफ्नो योजना उच्च घरपरिवार ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा केन्द्रित रहेको बताए । थाई सरकारले एक व्यापक ऋण पुनर्संरचना, विशेष गरी घर र अटो लोनमा जोड दिने योजना बनाएको बताए  ।

थाइल्याण्डमा हाल घरेलु ऋण १६ ट्रिलियन भाट (लगभग ४७४ बिलियन अमेरिकी डलर) नाघेको र निष्क्रिय कर्जा बढ्दै गएको छ । शुक्रवार समापन हुने भनिएको दुईदिने संसदीय अधिवेशनले पातोङटार्नको प्रशासनको औपचारिक शुरुवात गरेको छ । फेउ थाई पार्टीकी नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पातोङटार्न अगस्टमा संसदीय मतदानमा विजयी भएपछि थाइल्याण्डको कान्छी र दोस्रो महिला प्रधानमन्त्री निर्वाचित भएकी थिइन् ।


प्रकाशित मिति: २८ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?